८ बैशाख २०८१, शनिबार | April 20, 2024

रुपन्देहीको मर्चवारमा प्राविधिक शिक्षालय खोल्ने प्रदेश शिक्षामन्त्री खानको प्रतिबद्धता



बुटवल । लुम्बिनी प्रदेश सरकारका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री वसिउद्दीन खानले मर्चवारमा प्राविधिक शिक्षालय स्थापना गरिने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले यस क्षेत्रको आवश्यकतालाई मध्यनजर गर्दै एउटा प्राविधिक शिक्षालय स्थापना गरिने बताए ।

नेपाली कांग्रेस मर्चवारी गाउँपालिकाले मर्चवारी–५ मा आयोजना गरेको मन्त्री खाँको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सल्लाह, सुझाव अनुसार अगाडी बढ्ने बताए । मन्त्री खाँले धार्मिक पर्यटकीय स्थल मर्चवारीदेवी मन्दिरको गुरुयोजना बनाएर यसको विकासका लागि काम अगाडी बढाइने बताए ।

‘मर्चवारमा रहेको मर्चवारीदेवी मन्दिर धार्मिक आस्थाको केन्द्र हो, यसको विकासका लागि लागिपर्नेछु, ’उनले भने, -‘मर्चवार क्षेत्रको विकासको लागि ८०÷९० करोड बजेट छुट्टाइएको उनको भनाइ थियो । ‘मन्त्री बन्नु मात्र ठूलो कुरा होइन, मन्त्री बनेर असल काम गर्नु ठूलो कुरा हो, चुनाव जिताउनुभयो, सरकारमा थिएनौ, तर अहिले सरकारमा गएका छौं,’ उनले भने ।

रुपन्देही क्षेत्र नम्बर ४ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित खाँलाई स्वागत तथा सम्मान गर्नु अघि कांग्रेस नेता तथा कार्यकर्ताहरुले हाटीबनगाई चोकदेखि कार्यक्रमस्थल मर्चवारीदेवी मन्दिर अगाडीसम्म ¥याली निकालेका थिए ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ४ : ३६ बजे

पेरिसस्थित इरानको दूतावासमा विस्फोटको धम्की दिने पक्राउ

पेरिस । फ्रान्सेली प्रहरीले पेरिसस्थित इरानको दूतावासमा बम विस्फोट गराउने

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस

‘पुजार सार्की’को ‘दर्शन गरेँ’ सार्वजनिक

काठमाडौं । जेठ १० गते रिलिज हुने चलचित्र ‘पुजार सार्की’को

चिनिया आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ । एप्पलले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

चेन्नई सुपर किंग्सविरुद्ध लखनउको ८ विकेटको जित

काठमाडौं । जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न