२३ बैशाख २०८१, आइतबार | May 6, 2024

कर्णालीको मुख्यमन्त्रीमा जीवनबहादुर शाहीको दाबी पेश



सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका जीवनबहादुर शाहीले दाबी पेश गरेका छन् ।

सत्तारुढ गठबन्धनको तर्फबाट मुख्यमन्त्री रहेका महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा गरेपछि कांग्रेसका शाहीले गठबन्धनकै तर्फबाट मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

प्रदेशसभामा ६ सदस्य मात्र रहेको कांग्रेस सरकार गठनमा निर्णायक अवस्थामा रहेका कारण निवर्तमान मुख्यमन्त्री शाहीले गत बैशाखमा विश्वासको मत लिने समयमा ६ महिनापछि शाहीलाई सत्ता सुम्पिने सहमति गरेका थिए । सोही सहमतिअनुसार महेन्द्रबहादुर शाहीले राजीनामा दिएपछि जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । उनलाई नेपाली कांग्रेसका ६, नेकपा माओवादी केन्द्रका १३ र नेकपा एकीकृत समाजवादीका ३ गरी २१ सांसदले समर्थन गरेका छन् । कर्णाली प्रदेशसभा अहिले ३५ सदस्यीय मात्र रहेको छ ।

शाहीलाई आजै मुख्यमन्त्रीमा नियुक्त गरी राति ८ बजे सपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ४ : ५३ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa