१७ बैशाख २०८१, सोमबार | April 29, 2024

१६ महिनाका लागि जीवनबहादुर शाही बने कर्णाली प्रदेशको मुख्यमन्त्री



सुर्खेत । कर्णाली प्रदेशमा सौहार्दपूर्णरुपमा सत्ता हस्तान्तरण भएको छ । पूर्व भद्र सहमती अनुसार माओवादी केन्द्रका नेता महेन्द्र बहादर शाहीले नेपाली काँग्रेसका जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीको पद हस्तान्तरण गरेका छन् । सहमति अनुसार शाहीले राजीनामा दिएपछि राजीनामा दिएका शाही सहितको समर्थनमा जीवनबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका हुन् ।

आज साँझ मुख्यमन्त्रीमा नियुक्त भएका शाहीले कर्णाली प्रदेश सरकारको नयाँ मुख्यमन्त्रीका रूपमा मंगलवार राति पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शाहीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । उनी नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहितको गठबन्धनको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । शाहीले १६ महिना प्रदेश सरकारको नेतृत्व गर्नेछन् ।

नेपालको संविधान २०७२ को धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा शाहीले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको समर्थनमा दाबी पेस गरेका थिए । एमाले र मओवादी अलग भएपछि गत वैशाख ३ मा मुख्यमन्त्री पदमा माओवादी नेता शाहीले विश्वासको मत लिँदै गर्दा भएको सहमति अनुसार महेन्द्रबहादुर शाहीले उनलाई सहज रूपमा सत्ता हस्तान्तरण गरेका हुन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ९ : ५६ बजे

४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ।

लगानी सम्मेलन : पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी

काठमा । काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक(निजी

बझाङमा रोचक प्रतिस्पर्धा, फेरि अघि लागे एमालेका भण्डारी

काठमाडौं। बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना

स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या

वालिङ । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको

इलामा-२ मा एमालेका सुहाङले कटाए १० हजार मत

इलाम। इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ