२१ चैत्र २०८२, शनिबार | April 4, 2026

लुम्बिनी प्रदेशसभा भवन बनाउने ठेकेदार परिवर्तन गरेपछि कामले पायाे तीब्रता



दाङ  । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा प्रदेश सभा भवन निर्माणको कामलाई तीव्रता दिइएको छ । निर्माण व्यवसायीले गत साउन मसान्तसम्ममा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको भवनको काम नै अघि नबढेपछि सरकारकै निर्देशनमा अर्का व्यवसायीलाई जिम्मा लगाएर निर्माण तीव्र पारिएको हो ।

सरकारले प्रदेश पूर्वाधार विकास प्राधिकरणमार्फत दाङको राप्ती गाउँपालिका-३ मसुरियामा प्रदेश राजधानीका लागि संरचना निर्माण सुरु गरेको छ ।

मसुरियाको राप्ती प्राविधिक शिक्षालय परिसरमा प्रदेश सभाका लागि ५ करोड २१ लाख ९३ हजार रुपैयाँ लागतमा भवन निर्माण गर्न थालेको हो ।

फलामको दुई तले भवन साउन मसान्तमा निर्माण सम्पन्न गर्ने गरी सरकारले गत वैशाख अन्तिम साता सम्झौता गरेको थियो । तर, अहिलेसम्म भवनको १५ प्रतिशत पनि काम नभएपछि मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा व्यवसायी नै परिवर्तन गरेर काम अघि बढाइएको हो ।

अबको ४५ दिनमा भवन तयार गरेर हस्तान्तरण गर्ने गरी काम भइरहेको निर्माण व्यवसायी यज्ञ केसीले जानकारी दिए । अहिले चौबिसै घण्टा डेढ सयभन्दा बढी कामदारले काम गरिरहेको उनको भर्ना छ ।

प्रदेश सभाको अहिले वर्षे अधिवेशन चलिरहेको छ । तिहारपछि बैठक बसेर वर्षे अधिवेशन अन्त्य गर्ने सरकारको तयारी छ । त्यसपछि भवन तयार गरेर हिउँदै अधिवेशन लालमटियामै आह्वान गर्ने गरी तयारी भइरहेको प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  १० : ०७ बजे

पचास प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्र करिब एक हजार ९०० सहकारी

आज अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौं । बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति

इरानले एकपछि अर्को विमान खसाल्दा युद्धविरुद्ध अमेरिकामा विरोध बढ्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति राष्ट्रलाई सम्बोधन गर्दै इरानसँगको

फेवाताल किनारमा चल्यो डोजर, कर्ण शाक्यको रिसोर्टका संरचना पनि भत्काइए

पोखरा। पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत निर्माण गरिएका अस्थायी संरचनाहरू

कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ

काठमाडौं। कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ परेका छन्।