१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

लुम्बिनी प्रदेशसभा भवन बनाउने ठेकेदार परिवर्तन गरेपछि कामले पायाे तीब्रता



दाङ  । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा प्रदेश सभा भवन निर्माणको कामलाई तीव्रता दिइएको छ । निर्माण व्यवसायीले गत साउन मसान्तसम्ममा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको भवनको काम नै अघि नबढेपछि सरकारकै निर्देशनमा अर्का व्यवसायीलाई जिम्मा लगाएर निर्माण तीव्र पारिएको हो ।

सरकारले प्रदेश पूर्वाधार विकास प्राधिकरणमार्फत दाङको राप्ती गाउँपालिका-३ मसुरियामा प्रदेश राजधानीका लागि संरचना निर्माण सुरु गरेको छ ।

मसुरियाको राप्ती प्राविधिक शिक्षालय परिसरमा प्रदेश सभाका लागि ५ करोड २१ लाख ९३ हजार रुपैयाँ लागतमा भवन निर्माण गर्न थालेको हो ।

फलामको दुई तले भवन साउन मसान्तमा निर्माण सम्पन्न गर्ने गरी सरकारले गत वैशाख अन्तिम साता सम्झौता गरेको थियो । तर, अहिलेसम्म भवनको १५ प्रतिशत पनि काम नभएपछि मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा व्यवसायी नै परिवर्तन गरेर काम अघि बढाइएको हो ।

अबको ४५ दिनमा भवन तयार गरेर हस्तान्तरण गर्ने गरी काम भइरहेको निर्माण व्यवसायी यज्ञ केसीले जानकारी दिए । अहिले चौबिसै घण्टा डेढ सयभन्दा बढी कामदारले काम गरिरहेको उनको भर्ना छ ।

प्रदेश सभाको अहिले वर्षे अधिवेशन चलिरहेको छ । तिहारपछि बैठक बसेर वर्षे अधिवेशन अन्त्य गर्ने सरकारको तयारी छ । त्यसपछि भवन तयार गरेर हिउँदै अधिवेशन लालमटियामै आह्वान गर्ने गरी तयारी भइरहेको प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  १० : ०७ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग