३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

एमालेका तेस्रो धारका १० नेतालाई एकीकृत समाजवादीमा आउन माधव नेपालको आह्वान



काठमाडौ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेमा तेस्रो धारको नेतृत्व गरिरहेका १० नेतालाई नेकपा एकीकृत समाजवादीमा आउन आह्वान गरेका छन् ।

मध्यपुर थिमिमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले तेस्रो धारका १० नेताहरु एमालेमा गएर पछुताइरहेको दाबी गर्दै अझै केही नबिग्रिएको र एकीकृत समाजवादी पार्टीमा आउन आग्रह गरे ।

‘त्यहाँ गएर पनि पछुताइरहेका छन् । ठिक छ तपाईहरुले हेर्नुभयो, भोग्नुभयो, छाम्नुभयो, पीडा सहनुभयो । अब त फर्केर आए पनि हुन्छ । स्वागत छ,’ अध्यक्ष नेपालले भने।

उनले आफूहरुसँग इर्स्या गर्नेहरुको हालत खत्तम हुने भन्दै त्यस्ताहरुको पछि कोही नलाग्न अनुरोध गरे । ‘राम्रो पार्टीमा आउनुस् । हामीसँग आउनुस्,’ उनले भने, ‘हामी सहि निष्कर्ष पुग्ने, सही बाटोमा पुग्ने पार्टी हो । कलम छापलाई जिताउने हो । समाजवादमा जाने हो ।’

नेता नेपालले चाँडै चुनाव हुन्छ भनेर भ्रममा नपर्न आग्रह गर्दै संघीय संसदको चुनाव आफ्नै समयमा हुने जनाए । ‘कसैले भ्रम नपाले हुन्छ आजै चुनाव हुन्छ, छिटै चुनाव हुनेवाला छैन । संघीय संसदको चुनाव आफ्नै समयमा हुनेछ,’ उनले भने ।

नेता नेपालले आगामी चुनावमा पाँच दलको गठबन्धन बलियो गरि कायम रहने बताउँदै पाँच दलीय गठबन्धन कसैले भत्काउन नसक्ने दाबी गरे ।

अब केही समयमा राष्ट्रियसभाको, स्थानीय तहको र रिक्त स्थानमा संघीय उपनिर्वाचन हुन लागेको भन्दै नेता नेपालले कलम छाप चिन्ह भएको एकीकृत समाजवादीको विजयी अभियान अगाडि बढ्दै जाने जिकिर गरे ।

‘कलम छापको अभियान अघि बढ्दै जान्छ । पार लगाइन्छ जितिन्छ सफलता हात पारिन्छ,’ उनले भने, ‘निर्वाचनको मैदानमा विभिन्न ठाउँको आंकलन गरिरहेका छौं । हामी जित्नेछौं । हामीसँग इर्स्या गर्नेहरुको हालत खत्तम हुनेछ ।’

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहिबार  ९ : ४७ बजे

भाकल पूरा गर्न बुढासुब्बामा भक्तजनको लर्को

सुनसरी । धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

झापा । हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया

घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौं उपत्यका

काठमाडौं । बडादसैँ मनाउन काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको

राष्ट्रपतिद्वारा नवकन्याको पूजार्चना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा मङ्गलबार राष्ट्रपति भवन

आफ्नै ‘ब्राण्ड’मा अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा दिइरहेको आइएमई ग्रुप

चितवन । आइएमई ग्रुपले आफ्नै होटल ब्रान्ड ‘इला’मार्फत नेपालको पर्यटन