२ पुस २०८२, बुधबार | December 17, 2025

संविधान च्यात्न नदिन एमाले सरकार छाड्न तयार छ : केपी ओली



काठमाडौं । संघीय सरकार सहित एमालेले नेतृत्व गरेको सबै प्रदेश सरकारबाट बाहिरिएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उमालेले सरकार छाड्न तयार रहेको बताएका छन् । एमाले कर्णाली(काठमाडौं सम्पर्क समितिले तिहारका अवसरमा आइतवार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले सरकार छोड्न तयार रहेको तर देशलाई तलमाथि हुन नदिने बताएका हुन्।

संघीय र प्रदेश संरचनाको सरकारबाटै बाहिीरएको पार्टी एमालेका अध्यक्ष ओलीले सरकार छाडेर भएपनि संविधान च्यात्न नदिने बताए । ‘हामी सरकार छोड्न तयार छौँ तर संविधान च्यात्न दिदैनौँ ।’ उनले भने, – ‘लोकतन्त्र तलमाथि हुन दिदैनौँ, लोकतन्त्र छोड्न तयार छैनौँ ।’ ओलीले सात दशक भन्दा बढी संघर्ष गरेर आफुहरुले लोकतन्त्र ल्याएको दावी समेत गरे ।

ओलीले पाँच दलीय गठबन्धन लोकतन्त्र भक्षक रहेको टिप्पणी गर्दै गठबन्धनको नेताहरुलाई लोकतन्त्रको मुल्य मान्यता होईन सत्ता मात्र चाहिएको आरोप लगाए ।

उनले असार २८ का जस्ता प्रतिगामी परमादेशहरू अरु पनि आउन सक्ने भन्दै कार्यकर्तालाई सचेत रहन आह्वान गरे । एमाले नभए २०१७ सालको जस्ता घटना केही परमादेशकै क्रममा हुन सक्ने ओलीले आशंका गरे ।

सत्ता गठबन्धनले मुलुकको लोकतन्त्रलाई कमजोेर बनाउन खोजेको आरोप लगाउँदै ओलीले सत्ता गठबन्धनले मुलुकका लागि नभएर सत्ता स्वार्थका लागि एकता गरेको टिप्पणी गरे । ओलीले सेना र प्रहरी प्रयोग गर्न नसकिएपछि आफ्नो सरकारमाथि अदालत प्रयोग भएको उनको धारणा छ ।

 

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ६ : ३६ बजे

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको

क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

काठमाडौं । यहाँस्थित चिनियाँ दूतावासले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर

नेपाल-चीन आर्थिक सहकार्यमा जोड

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले नेपाल-चीन आर्थिक सहकार्य र लगानी

बुटवलमा भोलिदेखी सुरु हुने १६ औं औद्योगिक प्रदर्शनीको तयारी पूरा

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूर बुटवल । १६ औँ राष्ट्रिय

बढ्यो अमेरिकी डलरको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर