२९ माघ २०८२, बिहिबार | February 12, 2026

बालबालिकाका लागि एक करोड खोप खरिद गरिने



काठमाडौं । बालबालिकालाई समेत लगाउन मिल्ने एक करोड खोप आउने निश्चित भएको छ । सरकारले फाइजर र मोर्डना खोप किन्नका लागि यसअघि नै प्रक्रिया अगाडि बढाएको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक करोड मात्रा खोप खरिद गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले एक करोड खोप खरिदका लागि यसअघि नै सुनिश्चित भइसकेको बताए । उनले खोप खरिदका लागि मन्त्रिपरिषद्बाट पास गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् बैठकले खोप खरिद गर्ने निर्णय गरेको जानकारी दिए ।

स्वास्थ्यमन्त्री खतिवडाले ६० लाख फाइजर खोप र ४० लाख मोर्डना खोप खरिदका लागि मन्त्रिपरिषद्ले निर्णय गरेको बताए । ‘‘अब फाइजर र मोर्डना खोप छिट्टै आउनेछ,’’ मन्त्री खतिवडाले भने, “मन्त्रिपरिषद्ले खोप ल्याउने निर्णय गरेसँगै खोप आइहाल्छ ।” सरकारले खोप खरिदका लागि रकमसमेत भुक्तानी गरिसकेको छ । आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ७ : ०८ बजे

लुम्बिनी वल्ड स्कुलको अध्यक्षमा गोपाल टण्डन

बुटवल । रुपन्देहीस्थित लुम्बिनी वल्ड स्कुलको तेस्रो साधारण सभाबाट गोपाल

बागलुङमा स्कूल बस दुर्घटना; २३ विद्यार्थी घाइते, पाँचको अवस्था गम्भीर

बागलुङ । बागलुङ बजारमा स्कूल बस दुर्घटना हुँदा २३ विद्यार्थी

बदलिएर आएको काँग्रेस चुनावबाट पहिलो दल बन्छ : उपसभापति विश्वप्रकाश शर्मा

बुटवल । नेपाली काँग्रेसका उपसभापति विश्व प्रकाश शर्माले बदलिएर आएको

कार्यसम्पादन मूल्यांकनमा बुटवल उपमहानगर पहिलो, इटहरी सबैभन्दा पछाडी

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले देशभरका ११

बुटवलबासीसंग चीरपरिचित छु ,यहाँका समस्या समाधान गर्छु : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली काँग्रेस क्षेत्र नं. २ रुपन्देही अन्तर्गत बुटवल