३ पुस २०८२, बिहिबार | December 19, 2025

प्रजनन् केन्द्रमा हुर्काइएका आठ गिद्ध प्रकृतिमा छाडियो



चितवन । चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन् केन्द्रमा हुर्काइएका आठ गिद्ध सोमबार प्रकृतिमा छाडिएको छ । यहाँ हुर्काएर १८ महिनाअघि नवलपरासीको पिठौलीस्थित जटायु रेस्टुरेन्ट संरक्षण केन्द्रमा राखिएका गिद्धलाई छाडिएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा.रामचन्द्र कँडेलले गिद्ध प्रकृतिमा छोडेका हुन् । सो अवसरमा कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशङ्कर मर्दनिया, निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना, प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य र निकुञ्ज सुरक्षार्थ खटिएको खड्गदल गणका गणपति शशिकुमार कार्कीको उपस्थिति थियो ।

प्रमुख संरक्षण अधिकृत आचार्यका अनुसार पिठौलीमा रहेको खोरमा प्रकृतिमा रहेका गिद्धको रहनसहनमा घुलमिल हुने गरी केही समय राखेपछि आज प्रकृतिमा छाडिएको हो । यसअघि सन् २०१७ मा ६ पोथी, सन् २०१८ मा तीन पोथी र दुई भाले तथा सन् २०१९ मा चार पोथी र तीन भाले गिद्धलाई यसरी नै प्रकृतिमा छाडिएको थियो ।

महानिर्देशक कँडेलले प्रकृतिमा गिद्धको सङ्ख्या बढाउन यो उपयोगी भएको बताउनुभयो । अति सङ्कटापन्न अवस्थामा रहेको डङ्गुर जातको गिद्धको सङ्ख्या बढाउन संरक्षण गरी हुर्काएर प्रकृतिमा छाडिएको हो । नेपालले विश्वमा नै पहिलो पटक लोप हुन लागेको गिद्ध खोरमा हुर्काएर प्रकृतिमा छाड्ने कामको थालनी गरेको कँडेलले बताए ।

हाल नवलपरासीसँगै दाङ, कैलाली र कोसीटप्पुमा जटायु रेस्टुरेन्टमार्फत गिद्धको संरक्षण गरिँदै आएको छ । कँडेलले यसबाट परिस्थितीय प्रणालीको जगेर्नामा टेवा पुगेको बताए । प्रकृतिमा रहेका गिद्धलाई सबैले संरक्षण गर्नुपर्ने उनको भनाइ छ ।

सन् २००८ देखि कसरामा संरक्षण गरी गिद्ध हुर्काउन थालिएको हो । हाल कसरामा १५ भाले र १५ पोथी गिद्ध छन् । यस वर्ष गिद्धले हालसम्म चार अण्डा पारेको कार्यालयले जनाएको छ । एक हप्तामा पिठौलीमा प्रकृतिमा रहेका १० गिद्धलाई नियन्त्रणमा लिएर ढाडमा स्याटलाइट ट्याग जडान गरी छाडिएको छ । गिद्धको चरिचरन, घुलमिल, बासस्थानलगायत विषयमा स्याटलाइटमार्फत अध्ययन गरिने निकुञ्जले जनाएको छ ।

मुख्यरुपमा पशु बिरामी पर्दा नदुख्नका लागि प्रयोग गरिने डाइक्लोफिनाक औषधि प्रयोग गरेपछि मरेको पशुको मासु खाँदा गिद्ध मरेको संरक्षणकर्मी बताउँछन् । सन् २००४ मा पाकिस्तानमा डाइक्लोफिनाक औषधि प्रयोग गरेका पशुको मासु खाएका कारण गिद्ध मरेको तथ्य पत्ता लागेको थियो । त्यस्ता मासु खाँदा गिद्धको मिर्गौलामा खराबी हुने र गिद्ध मर्ने गरेको बताइन्छ । रासस

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ८ : २७ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको