२३ भदौ २०८३, मंगलबार | September 9, 2026

चितवन राष्ट्रिय निकुञ्जमा पोखरी निर्माण र मर्मत सुरु



चितवन । चितवन राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रभित्र पोखरी निर्माण र मर्मत सुरु गरेको छ । हरेक वर्ष गर्मी याममा वन्यजन्तुका लागि पोखरी निर्माण र मर्मत गरिन्छ ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार जनावरलाई खान, जलमा बस्ने जनावरका लागि वसस्थान र घाँसेमैदान सिँचाइका लागि पोखरी निर्माण गर्ने गरिन्छ । उनले यस वर्ष तीन वटा नयाँ पोखरी निर्माण र चार वटा पोखरी मर्मत गर्न लागिएको बताए। उनले भने, “यस वर्ष हामीले पोखरी निर्माण र मर्मत वन्यजन्तुको बासस्थानका आधारमा गर्न लागेका छौँ ।”

निकुञ्जभित्र ५६ वटा पोखरी तथा तालतलैया रहेको उनले बताए । उनका अनुसार ती सबै पोखरी तथा तालमा सरसफाइ गर्न नसकिए पनि महत्वपूर्ण स्थानमा रहेका ताल र पोखरी निर्माण गर्न लागिएको हो ।

निकुञ्जमा एकसिङ्गे गैँडा, पाटेबाघ, भालु, चित्तल, हात्तीलगायत जनावरहरुको बासस्थान छ । चर्को गर्मीसँगै वन्यजन्तुलाई पानीको आवश्यकपर्ने भएकाले पोखरी निर्माण गर्न लागिएको हो । वन्यजन्तु पानीको आवश्यकताले समुदायमा जान रोक्नका लागि सहयोग पुग्नेछ । नौ दशमलव ५२ दशमलव ६३ हेक्टर क्षेत्रफलमा फैलिएको निकुञ्जमा घाँसेमैदान व्यवस्थापनका लागि नियन्त्रित डढेलो लगाउन सुरु गरिएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  १२ : ०७ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी