७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रधानन्यायाधीशको राजीनामालाई लिएर सर्वोच्चका न्यायाधीश विभाजित ! दुई न्यायाधीशले हेरे मुद्दा



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै अघोषित इजलास बहिष्कार गरिरहेका सर्वोच्च अदालतका न्यायाधीशहरु विभाजित भएका छन् ।

प्रधानन्यायाधीशसँग बेन्च सेयरिङ नगर्ने, बन्दी प्रत्यक्षीकरणबाहेकका विवादमा सुनुवाइ नगर्ने विषयमा सोमबारसम्म एक ढिक्का देखिएका न्यायाधीश मंगलबारबाट विभाजित भएका छन् ।

प्रधानन्यायाधीश निकट मानिने न्यायाधीशद्वय तेजबहादुर केसी र मनोजकुमार शर्माले मंगलवार संयुक्त इजलासमा बसेर मुद्दा सुनुवाइ गरेका छन् भने अन्य न्यायाधीश इजलास गएनन् ।

केसी र शर्माको संयुक्त इजलासले एउटा रिट खारेज गर्ने आदेश दिएको छ भने उनीहरूको इजलासमा परेका अन्य मुद्दा हेर्न नभ्याउने सूचीमा राखेका छन् । तर, अन्य न्यायाधीशहरूले भने मुद्दा सुनुवाइ प्रक्रियामा सहभागी भएनन् ।

प्रधानन्यायाधीश जबराले भने आफ्नो एकल इजलासमा पेसीमा राखेका सातमध्ये ६ वटा विवादमा सुनुवाइ गरी आदेशसमेत जारी गरेका छन् ।

नेपाल बारले गरेको बहस बहिष्कारकाबीच केही असन्तुष्ट कानुन व्यवसायीले बहसमा भाग लिएपछि उनले ६ वटा मुद्दामा आदेश जारी गरेका हुन् ।

सर्वोच्चका दुई न्यायाधीश इजलास फर्किएको नभई बन्दीका रिट हेर्न मात्र इजलासमा गएको असन्तुष्ट एक न्यायाधीशले बताए । तर, प्रधानन्यायाधीश सचिवालय भने मंगलबार इजलास गएका न्यायाधीशद्वय भोलि बुधबारबाट निरन्तर इजलासमा जाने दावी गर्छ ।

‘सवै न्यायाधीश सम्माननीयज्यू (प्रधानन्यायाधीश)सँग असन्तुष्ट भन्ने हल्लामात्र हो, उहाँसहित तीनजना न्यायाधीशले अब निरन्तर सुनुवाइ गर्नुहुन्छ,’ प्रधानन्यायाधीश जबराको सचिवालयका एक अधिकारीले भने ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ३ : ३० बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११