७ आश्विन २०८३, बुधबार | September 23, 2026

यथार्थ विवरण टिप्ने र टिपाउने कार्यमा योगदान गर्न राष्ट्रपति भण्डारीको आग्रह



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आजदेखि राष्ट्रिय जनगणना प्रारम्भ भएकामा त्यसको सफलताको कामना गर्दै यथार्थ विवरण टिप्ने र टिपाउने कार्यमा योगदान गर्न जनप्रतिनिधि, सामाजिक संघसंस्था एवम् सम्बद्ध सबैमा आह्वान गरेकी छन् ।

राष्ट्रिय जनगणना शुभारम्भ भएको अवसरमा सफलताको शुभकामना व्यक्त गर्दै उनले आज दिएको सन्देशमा राष्ट्रिय जनगणनामा सही विवरण उपलब्ध गराई आफ्ना छरछिमेक तथा परिचितलाई समेत सही विवरण टिपाउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिएकी छन् ।

“ठुलो परिमाणमा स्रोत, साधन तथा जनशक्तिको प्रयोग हुने र तयारीका लागि समेत समय लाग्ने भएकाले जनगणनालाई महत्वपूर्ण राष्ट्रव्यापी कार्यक्रमका रुपमा सफल तुल्याउनुपर्दछ,” राष्ट्रपतिद्वारा सन्देशमा भनिएको छ ।

आजदेखि सुरु भइ आगामी मंसिर ९ गतेसम्म सबै नेपालीको व्यक्तिगत तथा पारिवारिक विवरण संकलन गर्न केन्द्रीय तथ्थाङ्क विभागले मुलुकभरि गणक खटाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ८ : ४५ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई