७ आश्विन २०८३, बुधबार | September 23, 2026

बार अध्यक्षको आक्रोस : घोक्रेठ्याक लगाउनुपर्ने चोलेन्द्रलाई भेट्न म किन जाने ?



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले जारी राखेको धर्नामा अप्रत्यासित रूपमा प्रहरी हस्तक्षेप भएपछि नेपाल बार एसोसिएसन आक्रोशित बनेको छ ।

महासचिव लिलामणि पौडेलसहितका छ जना अधिवक्ताहरूमाथि प्रहरीले लछारपछार गरेको भन्दै आक्रोसमा आएको बार प्रधानन्यायाधीश जबराले बार अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई भेट्न बोलाएपछि थप आक्रोशित भएको हो ।

प्रहरीसँगको घम्साघम्सीबीच सर्वोच्च अदालतको सुरक्षार्थ खटिएका एसपी दीपक रेग्मीले श्रेष्ठलाई प्रधानन्यायाधीशले बोलाएको भन्दै भेट्न आग्रह गरेका थिए ।

तर, श्रेष्ठ भने एक्लै भेट्न नजाने भन्दै कड्किए । ‘वरिष्ठज्यू सम्माननीयज्यूले माथि बोलाउनुभएको छ,’ एसपीले यति भनिनसक्दै श्रेष्ठ ‘अब म बोल्छु’ भन्दै ठूलो स्वरमा कराए, ‘चोलेन्द्रलाई अब च्यूत गर्नैपर्छ । अब सम्मानजनक बहिर्गमन होइन घोक्रेठ्याक लगाउनुुपर्छ ।’

श्रेष्ठले न्युज कारखानासँगको कुराकानीमा जबरासँग राजीनामा दिएपछि मात्र भेट्ने प्रतिकृया दिए । तर, बार एसोसिएसनकै पदाधिकारी भने श्रेष्ठको मंगलबारको अभिव्यक्तिलाई लिएर प्रधानन्यायाधीश असन्तुष्ट गरेको र त्यही विषयमा कुराकानी गर्न भेट्न बोलाएको बताउँछन् ।

श्रेष्ठले मंगलबारको विरोध कार्यक्रममा जबरालाई बिचौलियका नाइके भनेका थिए । बारका ती पदाधिकारीका अनुसार जबराले श्रेष्ठलाई बोलाएर अभिव्यक्तिको विषयलाई लिएर अपहेलना लगाउन सक्छु भनेर धम्काउन बोलाएको दाबी गर्छन् ।

सर्वोच्च अदालत प्रशासनले भने बारका ती अधिकारीको भनाइ खण्डन गरेको छ । ‘त्यस्तो केही हुँदै होइन, उहाँले निकासका लागि सम्वादमा बसौं भन्न बोलाउन खोज्नुभएको हो,’ सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले भने ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  १ : ५० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई