२२ भदौ २०८३, सोमबार | September 8, 2026

अराजक बन्दै बार



काठमाडौं । प्रधानन्यायाधीश चोलन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनको अगुवाइमा आन्दोलनमा उत्रिएका कानुन व्यवसायीले बिहीबार पनि सर्वोच्च अदालत परिसरभित्रै अराजक हिसाबले नाराजुलुस गरे ।

न्यायपालिकाको इतिहासमा सर्वोच्च अदालत परिसरभित्रै प्रधानन्यायाधीशविरुद्ध अराजक ढंगले नाराजुलुस भएको सायदै पहिलो पटक हो ।

नेपाल बारका पूर्वपदाधिकारी, वर्तमान पदाधिकारी, वरिष्ठ अधिवक्ताहरू सम्मिलित विरोध कार्यक्रममा उत्तेजित नारा लगाइएका थिए । कानुनका ज्ञाताहरू नै सर्वोच्च अदालत परिसरमा संयमित बन्न सकेनन् ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बारले दोस्रो चरणको आन्दोलन थालेको छ । राजीनामा माग राखेर कालोपट्टीसहित नेपाल बारको प्रांगणमा धर्ना दिँदै आएका कानुन व्यवसायी बिहीबार भने सर्वोच्च अदालत परिसर पुगे ।

सर्वोच्च अदालतभित्रै माइक राखेर विरोध कार्यक्रम गर्ने तयारी गरिरहेका कानुन व्यवसायीलाई त्यहाँ खटिएका सुरक्षाकर्मीले संवेदनशील स्थान भएकाले भित्र कार्यक्रम नगरिदिन आग्रह गरेका थिए । सुरुमा पाँचजना सुरक्षाकर्मीले रोकेका थिए । माइक राखेर कार्यक्रम गर्न नपाउँदा उपस्थित कानुन व्यवसायी आक्रोशित भएका थिए ।

त्यसपछि सुरक्षाकर्मी र आन्दोलनकारी कानुन व्यवसायीबीच धकेलाधकेल भयो । त्यसपछि आक्रोशित बनेका कानुन व्यवसायीले प्रधानन्यायाधीश जबराविरुद्ध अमर्यादित नारा लगाएका थिए । नेपाल बार एसोसिएनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च अदालत बारका अध्यक्ष पूर्णमान शाक्यलगायत वरिष्ठ अधिवक्तादेखि अधिवक्तासम्म नाराबाजीमा सहभागी थिए ।

बारका अध्यक्ष श्रेष्ठलगायतलाई सर्वोच्च प्रशासनले अदालतभित्र नाराबाजी नगरिदिन आग्रह गरेको थियो । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुवँरले बारका अध्यक्षलाई आन्दोलनमा संयम र धैर्य नगुमाइदिन आग्रह गरेका थिए । आजको नागरिक दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ७ : ०७ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार