कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ६३ वर्षीया जलिया थारू रहेकी छन् ।
आज बिहान वाणगंगा नगरपालिका –०१ बस्ने ४५ वर्षीय शिवलाल घिमिरेले चलाएको लु १ ब ३४१६ नम्बरको मोटरसाइकलले पैदलयात्री वाणगंगा नगरपालिका –०४, गजेहडा बस्ने जलिया थारूलाई ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते भएकी थारूको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त दुर्घटनास्थलमा इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको छ ।
















प्रतिक्रिया