२८ भदौ २०८३, आइतबार | September 13, 2026

जुसको बट्टामा भरेर नेपाल भित्रिन्छ प्रतिबन्धित कोरेक्स



नेपालगन्ज । नेपालमा प्रतिबन्ध लगाईएको कोरेक्स माथि प्रहरीले कडाई गरेपछि लागु औषधका कारोबारीहरुले जुसको बट्टामा खन्याएर ल्याउने गरेको फेला परेको छ । रियल जुसको बट्टामा २ लिटर कोरेक्स लिएर नेपाल आउँदै गरेका एकजना पक्राउ परेपछि लागु औषध कारोबारको नयाँ शैली फेला परेको हो ।

सुर्खेतका बबिन शाही भारतको रुपैडियाबाट नेपालगन्ज ल्याउँदै गरेको रियल जुसमा भरिएको २ लिटर कोरेक्स र १५ टेबलेट नाइट्रोभेट सहित पक्राउ परेका छन् । भारतको रुपैडियाबाट नेपालगन्ज आउँदै गर्दा उनलाई नेपालगन्ज उपमहानगरपालिका वडा नं. १५, जमुनाहा नजिकबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार यातायात व्यवसायी समितिमा कार्यरत सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ का ३० वर्षीय शाही लागु औषधी कोरेक्स र नाइट्रोभेट ट्याब्लेट लिन बाँकेको सीमावर्ती भारतीय बजार रुपैडिहा पुगेका थिए । उनले रियल जुसको बट्टाभित्र खन्याइएको २ लिटर कोरेक्स सहित नाईट्रोभेट र प्रहरीलाई शँका नहोस् भन्दै ५ केजी चिनी पनि साथमा लिएर नेपालगन्ज आउँदै थिए । रुपैडिहाबाट शाही हिड्दै नेपालगञ्ज प्रवेश गरेका थिए । उनले एक हातमा ५ किलो चिनी र अर्को हातमा जुसको बट्टा बोकेर पैडल नेपालगन्ज आउँदै गर्दा प्रहरीले शंका लागेर जाँच गर्दा जुसको बट्टाभित्र कोरेक्स फेला परेको जमुनाहा प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  १ : ३१ बजे

बाढी-पहिरोले तीन प्रदेशका मुख्य राजमार्ग प्रभावित, कतै पूर्ण अवरुद्ध त कतै समयगत प्रतिबन्ध

काठमाडौं। बाढी र पहिरोका कारण कोशी, बागमती र गण्डकी प्रदेशका

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा अटवारी पर्वको शुभकामना

सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले थारू समुदायले परम्परागत रुपमा

वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको

प्रकाश दुतराजको लोकसङ्गीत साङ्गीतिक समूह

म्याग्दी । कलाकार प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट ‘ब्यान्ड’ (सामूहिक लोकसङ्गीत

सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

सुदूरपश्चिम । “सुदूरपश्चिम जडिबुटीको भण्डार नै हो । प्रदेशमा करिब