१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

जुसको बट्टामा भरेर नेपाल भित्रिन्छ प्रतिबन्धित कोरेक्स



नेपालगन्ज । नेपालमा प्रतिबन्ध लगाईएको कोरेक्स माथि प्रहरीले कडाई गरेपछि लागु औषधका कारोबारीहरुले जुसको बट्टामा खन्याएर ल्याउने गरेको फेला परेको छ । रियल जुसको बट्टामा २ लिटर कोरेक्स लिएर नेपाल आउँदै गरेका एकजना पक्राउ परेपछि लागु औषध कारोबारको नयाँ शैली फेला परेको हो ।

सुर्खेतका बबिन शाही भारतको रुपैडियाबाट नेपालगन्ज ल्याउँदै गरेको रियल जुसमा भरिएको २ लिटर कोरेक्स र १५ टेबलेट नाइट्रोभेट सहित पक्राउ परेका छन् । भारतको रुपैडियाबाट नेपालगन्ज आउँदै गर्दा उनलाई नेपालगन्ज उपमहानगरपालिका वडा नं. १५, जमुनाहा नजिकबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार यातायात व्यवसायी समितिमा कार्यरत सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ का ३० वर्षीय शाही लागु औषधी कोरेक्स र नाइट्रोभेट ट्याब्लेट लिन बाँकेको सीमावर्ती भारतीय बजार रुपैडिहा पुगेका थिए । उनले रियल जुसको बट्टाभित्र खन्याइएको २ लिटर कोरेक्स सहित नाईट्रोभेट र प्रहरीलाई शँका नहोस् भन्दै ५ केजी चिनी पनि साथमा लिएर नेपालगन्ज आउँदै थिए । रुपैडिहाबाट शाही हिड्दै नेपालगञ्ज प्रवेश गरेका थिए । उनले एक हातमा ५ किलो चिनी र अर्को हातमा जुसको बट्टा बोकेर पैडल नेपालगन्ज आउँदै गर्दा प्रहरीले शंका लागेर जाँच गर्दा जुसको बट्टाभित्र कोरेक्स फेला परेको जमुनाहा प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  १ : ३१ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना