२२ भदौ २०८३, सोमबार | September 8, 2026

देउवा र पौडेल खेमामा साझा उम्मेदवारको सम्भावना न्यून



काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि छैटौं पटक तोकिएको मिति आउन एक महिना बाँकी रहँदा संस्थापन र इतर पक्षका नेताहरू आआफ्नो तर्फबाट साझा उम्मेदवार बनाउने प्रयासमा जुटेका छन् ।

दुवै समूहमा नेतृत्वका आकांक्षी बढेपछि सभापति शेरबहादुर देउवा र इतर पक्षका नेता रामचन्द्र पौडेल आआफ्नो पक्षमा सहमति जुटाउन लागिपरेका छन् । तर पछिल्लो पटक निर्धारित महाधिवेशन मिति नजिकिँदै गर्दा संस्थापन र इतर समूहबाट सभापतिमा एकएकमात्र उम्मेदवार बन्ने सम्भावना न्यून बन्दै गएको छ ।

वर्तमान सभापति शेरबहादुर देउवा १४ औं महाधिवेशनमा पनि नेतृत्वमा दोहोरिने पक्षमा छन् । देउवा सोही अनुसारको तयारीमा जुटिरहे पनि उनी निकट उपसभापति विमलेन्द्र निधि पनि सभापतिको उम्मेदवार बन्ने गृहकार्यमा छन् ।

संस्थापन पक्षकै पूर्वउपसभापति गोपालमान श्रेष्ठले पनि महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने बताउँदै आएका छन् । योसँगै संस्थापन पक्षबाट सभापतिमा तीन आकांक्षी देखिएका छन् । डेढ वर्षअघिसम्म भने संस्थापन पक्षबाट देउवा साझा उम्मेदवार बन्ने नेता तथा कार्यकर्ताको बुझाइ थियो ।

निधिले १३ औं महाधिवेशनमा देउवालाई सभापति बनाउन आफूले सहयोग गर्ने र १४ औं महाधिवेशनमा आफूलाई देउवाले सघाउने समझदारी भएको निकटहरूसँग बताउँदै आएका छन् । उनले २०७७ साउन २९ गते सभापति देउवालाई भेटी पूर्वसहमति अनुसार महाधिवेशनबाट आफूलाई सभापति बन्न सहयोग गर्न भनेका थिए ।

तर देउवाले थप एक कार्यकाल नेतृत्वमा दोहोरिने इच्छा व्यक्त गर्दै निधिलाई १५ औं महाधिवेशनबाट पार्टी नेतृत्व लिनेगरी तयारी थाल्न सुझाएका थिए । विस्तृत समाचार आजको नागरिक दैनिकमा बालकृष्ण अधिकारीले लेखेका छन ।

 

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ७ : ४३ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार