१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

एकादशी मेलाका लागि खोटाङका दुई पालिकाले दिए दिन सार्वजनिक बिदा



खोटाङ । खोटाङको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा लाग्ने एकादशी मेलाका लागि दुई गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् ।

हरिबोधनी एकाशीको अवसरमा बराहपोखरी गाउँपालिका-१ बराहपोखरीमा लाग्ने धार्मिक मेलाका लागि जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिकाले आइतबार र सोमबार सार्वजनिक बिदा दिएका हुन् ।

नेपाल सरकारको सय वटा गन्तव्यको सूचीमा समावेश गरिएको बराहपोखरीमा आसपासका अधिकांश स्थानीय हरिबोधनी एकादशीका दिन मेला भर्न र दर्शन गर्न जाने भएकाले दुई गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको जनाएको छ ।

बराहपोखरी गाउँपालिकाले ७ कात्तिकमा बसेको कार्यपालिकाको बैठकको निर्णय अनुसार गाउँपालिकाभित्र सार्वजनिक विदा दिइएको गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले जारी गरेको सूचनामा उल्लेख छ । जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष शंखरबहादुर राईले शुक्रबार शुक्रबार जारी गरेको सूचनामा गाउँपालिका नजिकै रहेको बराहपोखरी मन्दिरमा एकादशी ९तुलसी विवाह०का दिन धार्मिक मेला लाग्ने भएकाले सार्वजनिक विदा दिइएको उल्लेख छ । दुई गाउँपालिकाले हरेक वर्ष हरिबोधनी एकाशीका बेला सार्वजनिक बिदा दिँदै आएको छ ।

बराहपोखरीमा लाग्ने मेलालाई सभ्य, भव्य र व्यवस्थित बनाउन दुबै गाउँपालिका र बराहपोखरी विकास समितिले स्वयंसेवक परिचालन गरेको जनाएको छ । मेलालाई लक्षित गर्दै सुरक्षकर्मी पनि परिचालन गरिएको छ । हरिबोधनी एकादशीको दिन बराहपोखरीमा लाग्ने ठूलो मेला भर्न र शंखेश्वरी महादेवको दर्शन गर्न जिल्ला भित्र तथा वाहिरबाट हजारौँ दर्शनार्थी आउने गरेका छन् । सडक विस्तारसँगै केही वर्षयता बराहपोखरीमा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दै गएको स्थानीय बताउँछन् ।

समुन्द्री सतहदेखि करीब एक हजार ३०० मिटर उचाईमा रहेको बराहपोखरीमा हरिबोधनी एकादशीसँगै रामनवमी, शिवरात्री, बालाचतुर्दशी र माघे संक्रान्तिका दिन मेला लाग्ने गरेको छ । बराहपोखरीमा विशेषगरी दिवङ्गत आफन्तको नाममा सतबीज छर्ने, धामीझाँक्री र दर्शन गर्नेको भीड लाग्ने गर्दछ । चारैतिर घना जङ्गलले घेरिएको ३३० मिटर लम्बाई र २१० मिटर चौडाई क्षेत्रफलमा फैलिएको प्राकृतिक रुपले बनेको बराहपोखरीमा संसरकारकै दूर्लभ मानिएको रातो माछा समेत पाइन्छ ।

हरिबोधनी एकादशीकाबेला बराहपोखरीमा ढोल ढ्यांग्रो बजाउँदै सयौंको संख्यामा धामी झाँक्रीको टोली आउने गरेका छन् । चिताएको पुग्ने बिश्वासमा बराहपोखरीमा हरिबोधनी एकादशीका दिन दुई हजारभन्दा बढि जोडी परेवा उडाउने प्रचलन छ । बराहपोखरीमा मेला भर्न, घुमफिर गर्न, दर्शन गर्न र बराहपोखरीको दृश्यावलोकनकालागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । मुहान नदेखिने बराहपोखरीको सुरुङबाट पानी निकास हुने गरेको बताईन्छ ।

पर्यटनको प्रचुर सम्भावना भएपनि ओझेलमा रहेको बराहपोखरी सदरमुकाम दिक्तेलबाट डेढ दिनको पैदल दूरीमा रहेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ८ : ५० बजे

खगोल विज्ञान ओलम्पियाड राष्ट्रिय चरणमा प्रवेश

काठमाडौं । नेपाल एस्ट्रोनोमिकल सोसाइटी १३औँ राष्ट्रिय खगोल विज्ञान ओलम्पियाड

काठमाडौं-२ नयाँ र पुराना अनुहार, ‘एजेन्डा’ समान

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै काठमाडौं निर्वाचन क्षेत्र

शान्तिपूर्ण निर्वाचनका लागि प्रधानमन्त्रीले गरिन पाथीभरा मातासँग प्राथना

ताप्लेजुङ । प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति गरिएको

आज ३० औँ जनयुद्ध दिवस : क्रान्ति र शान्तिको सुरुआतस्थल रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउँदै नेकपा

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रुकुमपूर्वमा ३० औँ जनयुद्ध