७ आश्विन २०८३, बुधबार | September 23, 2026

राष्ट्रिय वाणिज्य बैंक लि. र नेपाल आयल निगम बीच सम्झौता, निगमका कर्मचारीले बिना धितो कर्जा पाउने



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल आयल निगम बीच तलबी बचत खाता सञ्चालन तथा बिना धितो पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा आईतबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता भएपश्चात निगममा न्यूनतम दुई वर्ष सेवा अवधि पुरा गरेका कर्मचारीहरुलाई निगमकोे सिफारिसमा अधिकतम १५ लाख रुपैंया सम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले बिना धितो पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने छ । बैंकले आधार दरमा दुई प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने छ । हाल बैंकको आधार दर ५।४१ प्रतिशत रहेको छ । सम्झौता अनुसार निगमका कर्मचारीहरुको तलबी खाता बैंकले संचालन गर्नेछ । यस सम्झौता पश्चात दुवै पक्ष लाभान्वित हुने विश्वास गरिएको छ ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, मुख्य शाखा कार्यालयकी शाखा प्रबन्धक दुर्गाकुमारी छत्कुल्ली कँडेल, विभागीय प्रमुख सरोज वस्नेत, सहायक शाखा प्रबन्धक हेमराज खरेल, निगमका निमित्त निर्देशक सुषमा कुमारी कर्ण लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५६ वटा शाखा कार्यालय, २१८ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

 

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ५ : ३० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई