६ श्रावण २०८३, बुधबार | July 23, 2026

तत्काल बन्दैन मेलम्ची : सरकारले ल्यायो दुई विकल्प



काठमाडौं । बाढीपहिरोले क्षतिग्रस्त बहुचर्चित मेलम्ची खानेपानी आयोजना पुनर्निर्माणको साटो सरकारले दुई नयाँ विकल्प अघि सारेको छ ।

यसबाट आयोजना चाँडै मर्मत हुनेमा अन्योल सिर्जना भएको छ । दुई दशक लामो प्रयासपछि मेलम्चीको पानी काठमाडौं उत्पत्यकामा ल्याइएलगत्तै गत वर्षात्मा बाढीपहिरोले मुहान क्षेत्रमा क्षति पुर्‍याएपछि आयोजना अवरुद्ध बनेको हो ।

बाढीपहिरोले मुहानमा पुर्‍याएको ठूलो क्षतिका कारण यस आयोजनाको भविष्यबारे अनेकौं अड्कलबाजी र धारणा सार्वजनिक भइरहेका बेला सरकारले विकल्प खोजेपछि यो तत्कालै मर्मत हुनेमा अन्योल सिर्जना भएको हो ।

सरकारी अधिकारीहरू बाढीपहिरोबाट मेलम्ची आयोजनामा पुगेको क्षति र यसको पुनर्निर्माणको समयबारे खुलेर बोल्न चाहेको देखिँदैन । तर पछिल्ला दिनमा सरकारले स्थायी रूपमा मेलम्चीको पानी ल्याउनुको सट्टा २ विकल्प अघि सारेर काम थालेको छ ।

दुई विकल्पमध्ये एउटा अस्थायी रूपमा हिउँदमा मात्र मेलम्चीबाट पानी ल्याउने छ । दोस्रो विकल्पमा काठमाडौं उपत्यकाका १० स्थानमा नयाँ बोरिङ खन्ने योजना छ । तत्काल पुनर्निर्माणको सट्टा सरकारले नयाँ विकल्प अघि सारेपछि आयोजना छोटो समयमा बन्न सक्दैन कि भन्ने आशंका उत्पन्न भएको छ ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौड्यालले मेलम्ची नदीको बाढीपहिरो नियन्त्रण नगरेसम्म दीर्घकालीन रूपमा काठमाडौं उपत्यकामा पानी ल्याउन चुनौती भएको स्विकारे । ‘मेलम्चीको जलाधार क्षेत्रमा बाढीपहिरोको स्थायी नियन्त्रण नगरेसम्म दीर्घकालीन रूपमा पानी उपत्यकामा ल्याउन समस्या हुने देखिन्छ,’उनले भने,‘ त्यसैले अहिले हामीले अस्थायी रूपमा मात्रै पानी ल्याउन आवश्यक काम गर्न लागेका हौं ।’

मेलम्ची खानेपानी विकास बोर्डका अध्यक्ष तथा खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्यको अध्यक्षतामा शुक्रबार बसेको बैठकले मेलम्ची आयोजनाको हेडवक्र्स क्षेत्रमा रहेको गेग्रान सफा गर्ने तथा अस्थायी संरचना निर्माणको काम भेरिएसनमार्फत गराउने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्ने निर्णय गरेको छ। यो प्रस्ताव पास भए अस्थायी संरचना बनाउन काम सुरु गरिनेछ ।

समितिका कार्यकारी निर्देशक पौड्यालले अस्थायी रूपमा पानी ल्याउन आयोजनाको हेडवक्र्समा काम सुरु गर्न तयारी थालिएको बताए । ‘समितिले हेडवक्र्स क्षेत्रमा थुप्रिएको गिटीबालुवासहितको गेग्रान सफा गर्ने र अस्थायी रूपमा सञ्चालन गर्ने काम भेरिएसनमार्फत गर्ने प्रस्ताव मन्त्रालयमा पेस गरेको छ’,उनले भने, ‘मन्त्रालयले आवश्यक संशोधन गरेर मन्त्रिपरिषद् बैठकमा पेस गर्नेछ ।’

समितिले करिब डेढ अर्ब लागतमा मेलम्चीको अस्थायी संरचना तयार पारेर हिउँदमा मात्रै भए पनि पानी ल्याउने तयारी गरिरहेको उनले बताए । उनका अनुसार आयोजनाले पहिलो चरणमा हेडवक्र्स अम्बाथानमा अवस्थित दुईवटा अडिट टनेल सफा गर्ने कार्ययोजना बनाएको छ । आजको नागरिक दैनिकमा हिमाल लम्सालले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ७ : ४७ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क