४ पुस २०८२, शुक्रबार | December 19, 2025

लिबियाका पूर्वतानाशाह मौमुर गद्दाफीका छोराले दिए राष्ट्रपतिमा उम्मेदवारी



एजेन्सी । लिबियाका तत्कालिन शासक मौमुर गद्दाफीका छोराले त्यहाँ हुन लागिरहेको राष्ट्रपति निर्वाचमा आफ्नो उम्मेदवारी दिएका छन् ।

डिसेम्बरमा हुने निर्वाचनमा सैफ अल इस्लाम अल गद्दाफीले उम्मेदवारी दिएका हुन् । सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा तस्विरमा ४९ वर्षीय इस्लाम गद्दाफी सिभास्थित निर्वाचन केन्द्रमा पुगेर उम्मेदवारी दर्ता गरेको देखिन्छन् । परम्परागत पहिरनमा सजिएका उनी सेतो चस्मा लगाएका देखिन्छन् ।

इस्लाम अल गद्दाफीले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिएको सरकारले पुष्टि गरेको छ । राष्ट्रपतिका लागि प्रतिष्प्रर्धा गर्ने उम्मेदवारहरुमध्ये इस्लाम चर्चित व्यक्ति हुन् । गद्दाफी पुत्र इस्लाम राष्ट्रपति निर्वाचनका लागि योग्य उम्मेदवार नभएको विश्लेषकहरुले टिप्पणी गरेका छन् । राष्ट्रपतिका लागि उम्मेदवारी दिने अन्य व्यक्तिहरुमा खालिफा हफतार, प्रधानमन्त्री अब्दुलहमिद अल डिविबा र सभामुख अग्युला सालेह छन् । तर, निर्वाचनको निस्पक्षतामाथि विरोधीले प्रश्न गरेका छन् ।

शुक्रबार पेरिसमा भएको एउटा सम्मेलनमा निर्वाचन विथोल्नेलाई प्रतिबन्ध लगाउने सहमति भएको थियो । तर, निर्वाचन हुन केही साता मात्र बाँकी हुँदा निर्वाचनमा कसले प्रतिष्प्रर्धा गर्न पाउने भन्ने बारेमा निश्चित कानुन बन्न सकेको छैन् ।

इस्लामका बाबु तथा तत्कालिन राष्ट्रपति मौमुर गद्दाफीलाई नेटो समर्थित सेनाले सत्ताच्युत गरेको थियो । सत्ताच्युतपछि लुकेका गद्दाफीलाई विपक्षी लडाकुहरुले गृहनगर सिर्तेमा सन् २०११ मा नियन्त्रणमा लिएका थिए । उनको गोली हानेर हत्या भएको थियो ।

गद्दाफीको शासनकाललाई अधिकांश लिबियाली जनताले कालो इतिहासका रुपमा स्मरण गर्छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ७ : ५५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको