२१ चैत्र २०८२, शनिबार | April 4, 2026

लिबियाका पूर्वतानाशाह मौमुर गद्दाफीका छोराले दिए राष्ट्रपतिमा उम्मेदवारी



एजेन्सी । लिबियाका तत्कालिन शासक मौमुर गद्दाफीका छोराले त्यहाँ हुन लागिरहेको राष्ट्रपति निर्वाचमा आफ्नो उम्मेदवारी दिएका छन् ।

डिसेम्बरमा हुने निर्वाचनमा सैफ अल इस्लाम अल गद्दाफीले उम्मेदवारी दिएका हुन् । सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा तस्विरमा ४९ वर्षीय इस्लाम गद्दाफी सिभास्थित निर्वाचन केन्द्रमा पुगेर उम्मेदवारी दर्ता गरेको देखिन्छन् । परम्परागत पहिरनमा सजिएका उनी सेतो चस्मा लगाएका देखिन्छन् ।

इस्लाम अल गद्दाफीले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिएको सरकारले पुष्टि गरेको छ । राष्ट्रपतिका लागि प्रतिष्प्रर्धा गर्ने उम्मेदवारहरुमध्ये इस्लाम चर्चित व्यक्ति हुन् । गद्दाफी पुत्र इस्लाम राष्ट्रपति निर्वाचनका लागि योग्य उम्मेदवार नभएको विश्लेषकहरुले टिप्पणी गरेका छन् । राष्ट्रपतिका लागि उम्मेदवारी दिने अन्य व्यक्तिहरुमा खालिफा हफतार, प्रधानमन्त्री अब्दुलहमिद अल डिविबा र सभामुख अग्युला सालेह छन् । तर, निर्वाचनको निस्पक्षतामाथि विरोधीले प्रश्न गरेका छन् ।

शुक्रबार पेरिसमा भएको एउटा सम्मेलनमा निर्वाचन विथोल्नेलाई प्रतिबन्ध लगाउने सहमति भएको थियो । तर, निर्वाचन हुन केही साता मात्र बाँकी हुँदा निर्वाचनमा कसले प्रतिष्प्रर्धा गर्न पाउने भन्ने बारेमा निश्चित कानुन बन्न सकेको छैन् ।

इस्लामका बाबु तथा तत्कालिन राष्ट्रपति मौमुर गद्दाफीलाई नेटो समर्थित सेनाले सत्ताच्युत गरेको थियो । सत्ताच्युतपछि लुकेका गद्दाफीलाई विपक्षी लडाकुहरुले गृहनगर सिर्तेमा सन् २०११ मा नियन्त्रणमा लिएका थिए । उनको गोली हानेर हत्या भएको थियो ।

गद्दाफीको शासनकाललाई अधिकांश लिबियाली जनताले कालो इतिहासका रुपमा स्मरण गर्छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ७ : ५५ बजे

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड काठमाडौं । परराष्ट्रमन्त्री

पचास प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्र करिब एक हजार ९०० सहकारी

आज अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौं । बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति

इरानले एकपछि अर्को विमान खसाल्दा युद्धविरुद्ध अमेरिकामा विरोध बढ्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति राष्ट्रलाई सम्बोधन गर्दै इरानसँगको

फेवाताल किनारमा चल्यो डोजर, कर्ण शाक्यको रिसोर्टका संरचना पनि भत्काइए

पोखरा। पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत निर्माण गरिएका अस्थायी संरचनाहरू