२१ भदौ २०८३, आइतबार | September 7, 2026

लिबियामा तटबन्ध भत्किदा ५२ सय बढीकाे मृत्यु, १० हजार बढी बेपत्ता



काहिरा । लिबियामा आएको बाढीले धेरै सहरमा क्षति पु¥याएको छ । बाढीको सबैभन्दा बढी असर डेर्ना सहरमा परेको छ, जहाँ अहिलेसम्म सात सय मानिस पुरिएका छन् । सो बाढीमा परी १० हजार जना बेपत्ता भएकाले मृत्यु हुनेको संख्या धेरै हुन सक्छ । यहाँ वर्षा र बाढीले बाँध भत्काएर छिमेकी क्षेत्र पनि बगाएको छ । हालसम्म देशभर ५,२०० भन्दा बढीको मृत्यु हुने आशंका गरिएको छ ।

भीषण बाढीका कारण उद्धार टोलीले शव फेला पार्न सकेको छैन । लिबियाको पूर्वी सरकारका स्वास्थ्य मन्त्री ओस्मान अब्दुल जलीलले अवस्था नाजुक रहेको बताए । डेरना घटनास्थल पुगेका उस्मान अब्दुल जलीलले सहरका विभिन्न अस्पताल शवले भरिएको बताए । धेरै शव अझै डेरनामा भग्नावशेषमा छन् वा समुद्रमा बगेका छन् ।

डेर्ना सहरमा मात्रै २ हजार ३ सय मानिस मारिएको अधिकारीहरूले अनुमान गरेका छन् । रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघका लागि लिबियाका राजदूत तामेर रमादानले अभूतपूर्व बाढीका कारण १०,००० मानिस बेपत्ता भएको बताए ।

प्रधानमन्त्री ओसामा हमादले दुई बाँध भत्किँदा धेरै बेपत्ता भएका र धेरैजसो बाँच्ने सम्भावना कम रहेको बताएका छन् ।

लिबिया सरकारका अनुसार क्षति भएका अन्य सहरहरूमा सुसा, मार्ज र शाहत पर्छन् । हजारौं परिवार विस्थापित भएका थिए र बेनगाजी सहर र पूर्वी लिबियाको अन्य ठाउँमा स्कूल र अन्य सरकारी भवनहरूमा शरण लिएका थिए ।

देर्ना सहरको मध्यभागमा रहेको पहाडबाट बग्ने वादी-डेरना नदीको तटबन्ध भत्किएपछि सबै आवासीय बस्ती ध्वस्त भएका छन् । कुनै समय खोलाबाट टाढैबाट अग्लो रहेका बहुतले भवन आंशिक रूपमा माटोमा पुरिएका छन । यहाँ जताततै शव छरिएका छन् ।

प्रकाशित मिति : २७ भदौ २०८०, बुधबार  ७ : ५५ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त