४ पुस २०८२, शुक्रबार | December 20, 2025

सिञ्जा सभ्यता विधेयकमाथि सुझाव सङ्कलन गरिने



खलङ्गा । जुम्लाको कनकासुन्दरी गाउँपालिका-४ लामाथाँडामा सिञ्जा सभ्यताको विधेयकमाथि सुझाव सङ्कलन गरिने भएको छ । कर्णाली प्रदेशसभामा दर्ता भएको सिञ्जा सभ्यताको संरक्षण तथा विकास विधेयकमाथि सुझाव सङ्कलन गरिने भएको हो ।

प्रदेशसभामा पहिलोपटक दर्ता भएको गैरसरकारी विधेयक सिञ्जा सभ्यताको संरक्षण तथा विकास विधेयकमाथि छलफल हुने कर्णाली सरकारका पूर्वकानुनमन्त्री तथा सांसद नरेश भण्डारीले बताए ।

भण्डारी र सांसद पदम रोकायाले गएको असोज १० गते प्रदेशसभामा सिञ्जा सभ्यता विकास तथा संरक्षण विधेयक २०७८ दर्ता गराएका थिए ।
सिञ्जा सभ्यताको संरक्षण तथा विकासका लागि विधेयकमा उल्लेख भएका विभिन्न बुँदामाथि छलफल तथा छुटेका विषयवस्तु समेट्ने गरी सुझाव सङ्कलन हुनेछ ।

नेपाली भाषाको उद्गमस्थल सिञ्जाको विरासतलाई जोगाउन सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक कोसेढुङ्गा सावित हुने पूर्वमन्त्री भण्डारीले बताए । विधेयकले खस संस्कृतिको संरक्षण, ऐतिहासिक विषयमाथि छलफल, सिञ्जा सभ्यताको प्रचारप्रसार तथा ऐतिहासिक पर्यटकीय गन्तव्य बनाउनसमेत विधेयकले महत्व भूमिका खेल्ने बुझिएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ८ : ३६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको