१० पुस २०८२, बिहिबार | December 25, 2025

ओखलढुंगामा दर्शनार्थी बोकेको बोलेरो दुर्घटना : तीन जनाको मृत्यु, १४ घाइते



ओखलढुंगा । चम्पादेवी ककनी मन्दिर दर्शन गर्न हिँडेको बोलेरो जीप सोमबार दुर्घटना हुँदा तीन जनको मत्यु भएको छ । १४ जना घाइते भएका छन् ।

सुनकोशी गाउँपालिका-८ च्यानम हुँदै ककनीतर्फ जाँदै गरेको प्रदेश ३-०१-०२२ च ९६९४ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । मन्दिरतर्फ जाने क्रममा गाडी सुनकोशी गाउँपालिका-९ को जौबारी नजिकैको कुसाङमाभ सडकबाट करीब ६ सय मिटर तल खसेको थियो ।

दुर्घटनामा परी घाइते भएकाको उद्धार गरी उपचारका लागि सामुदायिक अस्पताल सोब्रु पठाइएको वडा अध्यक्ष झनक कार्कीले जानकारी दिए । गम्भीर घाइतेलाई काठमाडौं लैजान हेलिकोप्टर झिकाइएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  १० : ४१ बजे

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र

निर्वाचनका निम्ति सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न