२० मंसिर २०८२, शनिबार | December 7, 2025

भ्रष्टाचारले नेपालीलाई सेकेण्ड सेकेण्डमा हत्या गरिरहेको छ : प्रदेश प्रमुख शेरचन



बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नेपालमा १० खर्बको योजनामा २ खर्ब सम्मको भ्रष्टाचार हुने गरेको बताएका छन् । प्रदेश प्रमुखको कार्यालयमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख शेरचनले भ्रष्टाचारले मुलुकलाई भुटान भन्दा पनि तल पारिसकेको उल्लेख गरे । उनले दातृ निकायले दिएको अनुदान, खुन पसिना बगाएर बैदेशिक रोजगारमा गएर युवाले भित्रिएको रेमिट्यान्स र गरिव जनताले तिरेको करबाट बनेका योजनाहरु सम्पन्न नहुँदै बिग्रने गरेको बताउँदै गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल अगाडि बनेको बाटो त्यसको ज्वलन्त उदाहरण भएको बताए ।

प्रदेश प्रमुख शेरचनले पूर्व अख्तियार प्रमुख लोकमान सिंह कार्की तर्फ संकेत गर्दै अनियमितता गर्ने, कमिशन खाने र जस्ले भ्रष्टाचार गरेर देशलाई बर्वादी तर्फ लगेको छ उही अख्तियार प्रमुखको पदमा पुग्ने जस्ता दुर्भाग्य नेपालीले भोगेको बताउँदै अख्तियारको जिम्मा पाउनु पैसा कमाउनका लागि नभएको स्पष्ट पारे । ‘भ्रष्टाचार ज्यान मार्ने अपराधी भन्दा ठुलो अपराध हो, ३ करोड नेपालीलाई भ्रष्टाचारले सेकेण्ड सेकेण्डमा हत्या गरिरहेको छ,’ उनले भने, -‘मान्छे मार्ने हत्यारालाई जस्तै भ्रष्टाचार गर्नेलाई पनि आजिवन कारावासको सजाँय हुनु पर्छ ।’

पहूचवालाको भनाई र निर्देशनमा अख्तियारका अधिकारीहरु चल्न नहुने बताउँदै उनले पहँच र शक्तिको निर्देशनमा चलेमा मुलुकको समृद्दीको मार्ग समाप्त हुने चेतावनी दिए ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रमुख योगेन्द्र प्रसाद पाण्डेले आर्थिक वर्ष ०७७/७८ को प्रतिवेदन प्रदेश प्रमुख शेरचनलाई हस्तान्तरण गरेका थिए । अख्तियारले बुझाएको प्रतिवेदनमा यस वर्ष पनि सबै भन्दा बढी अनियमितताको उजुरी स्थानीय तहमा आएको उल्लेख गरिएको छ । लुम्बिनी प्रदेशमा मात्र स्थानीयतहको संघिय मामिला मन्त्रालय अन्तर्गत ४८९ उजुरी आएकोमा ३०८ उजुरीको फच्यौट भएको तथा स्थानीय तहकै शिक्षा तर्फ २४८ उजुरीमा १७१ फच्र्यौट भएको अख्तियार बुटवलका प्रमुख पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार लुम्बिनी प्रदेशको सबै भन्दा बढी भ्रष्टाचारको उजुरी रुपन्देही जिल्लामा आएको छ भने उजुरी आएको दास्रो जिल्लामा कपिलवस्तु र तेस्रोमा नवलपरासी रहेका छन् । रुकुम पूर्वमा जम्मा ७ वटा मात्र उजुरी अख्तियारको कार्यालयमा आएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ६ : ०६ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल