२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

भ्रष्टाचारले नेपालीलाई सेकेण्ड सेकेण्डमा हत्या गरिरहेको छ : प्रदेश प्रमुख शेरचन



बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नेपालमा १० खर्बको योजनामा २ खर्ब सम्मको भ्रष्टाचार हुने गरेको बताएका छन् । प्रदेश प्रमुखको कार्यालयमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख शेरचनले भ्रष्टाचारले मुलुकलाई भुटान भन्दा पनि तल पारिसकेको उल्लेख गरे । उनले दातृ निकायले दिएको अनुदान, खुन पसिना बगाएर बैदेशिक रोजगारमा गएर युवाले भित्रिएको रेमिट्यान्स र गरिव जनताले तिरेको करबाट बनेका योजनाहरु सम्पन्न नहुँदै बिग्रने गरेको बताउँदै गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल अगाडि बनेको बाटो त्यसको ज्वलन्त उदाहरण भएको बताए ।

प्रदेश प्रमुख शेरचनले पूर्व अख्तियार प्रमुख लोकमान सिंह कार्की तर्फ संकेत गर्दै अनियमितता गर्ने, कमिशन खाने र जस्ले भ्रष्टाचार गरेर देशलाई बर्वादी तर्फ लगेको छ उही अख्तियार प्रमुखको पदमा पुग्ने जस्ता दुर्भाग्य नेपालीले भोगेको बताउँदै अख्तियारको जिम्मा पाउनु पैसा कमाउनका लागि नभएको स्पष्ट पारे । ‘भ्रष्टाचार ज्यान मार्ने अपराधी भन्दा ठुलो अपराध हो, ३ करोड नेपालीलाई भ्रष्टाचारले सेकेण्ड सेकेण्डमा हत्या गरिरहेको छ,’ उनले भने, -‘मान्छे मार्ने हत्यारालाई जस्तै भ्रष्टाचार गर्नेलाई पनि आजिवन कारावासको सजाँय हुनु पर्छ ।’

पहूचवालाको भनाई र निर्देशनमा अख्तियारका अधिकारीहरु चल्न नहुने बताउँदै उनले पहँच र शक्तिको निर्देशनमा चलेमा मुलुकको समृद्दीको मार्ग समाप्त हुने चेतावनी दिए ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रमुख योगेन्द्र प्रसाद पाण्डेले आर्थिक वर्ष ०७७/७८ को प्रतिवेदन प्रदेश प्रमुख शेरचनलाई हस्तान्तरण गरेका थिए । अख्तियारले बुझाएको प्रतिवेदनमा यस वर्ष पनि सबै भन्दा बढी अनियमितताको उजुरी स्थानीय तहमा आएको उल्लेख गरिएको छ । लुम्बिनी प्रदेशमा मात्र स्थानीयतहको संघिय मामिला मन्त्रालय अन्तर्गत ४८९ उजुरी आएकोमा ३०८ उजुरीको फच्यौट भएको तथा स्थानीय तहकै शिक्षा तर्फ २४८ उजुरीमा १७१ फच्र्यौट भएको अख्तियार बुटवलका प्रमुख पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार लुम्बिनी प्रदेशको सबै भन्दा बढी भ्रष्टाचारको उजुरी रुपन्देही जिल्लामा आएको छ भने उजुरी आएको दास्रो जिल्लामा कपिलवस्तु र तेस्रोमा नवलपरासी रहेका छन् । रुकुम पूर्वमा जम्मा ७ वटा मात्र उजुरी अख्तियारको कार्यालयमा आएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ६ : ०६ बजे

अमेरिका-इजरायलद्वारा इरानको खार्ग टापुमा आक्रमण

तेहरान । इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुमा अमेरिका

कपिलवस्तु-११ दोस्रो सौभाग्य कपको सेमीफाईनलमा प्रवेश

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

होटल पौवाको १०औँ वार्षिकोत्सव : सबै शाखामा ‘स्वाद उत्सव’ आयोजना हुने

नेपालगन्जमा कमल खत्री र समिक्षा अधिकारीको प्रस्तुती रहने नेपालगन्ज ।

बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु

बागलुङ । बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ

सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्धको रिटमा सर्वोच्चद्वारा दुवै पक्षलाई छलफलमा बोलाउने आदेश

काठमाडौं । सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने सरकारको निर्णयविरुद्ध दायर