१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

मुगुको गमगढी बजारमा भिषण आगलागी, २१ घर जलेर नष्ट



मुगु । मुगुको गमगढी बजारमा आगलागी हुँदा २१ घर जलेर नष्ट भएको छ । सोमबार मध्यरातमा पुरानो गमगढी बजारमा आगलागी हुँदा २१ घर पूर्ण रुपमा नष्ट भएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।

राराछायानाथ नगरपालिका-१ गमगढी बजारमा आगलागी भएको हो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा दिइएको उनले बताए । अहिले आगो फैलने क्रम रोकिए पनि पूर्ण रुपमा निभाउन भने नसकिएको प्रजिअ महतले बताए ।

स्थानीय स्तरमा पानी तथा माटोको प्रयोग गरेर आगो निभाउने प्रयास जारी रहेको उनको भनाइ छ । रातिको समय र जोडिएका घर रहेको बस्ती भएकोले बढी क्षति भएको उनले जानकारी दिए ।

राति साढे १२ बजेतिर आगलागी सुरु भएको उनले जानकारी दिए । आगलागीको ती घरमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ। बजारका घरहरु जोडिएकाले ठूलो क्षति भएको उनले बताए । आगलागीबाट कुनै मानवीय क्षति भने नभएको उनले जानकारी दिए ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ७ : ५८ बजे

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर । भोजपुर नगरपालिका-१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व

पानी नपर्दा धनुषामा धान रोपाइँ प्रभावित

महेन्द्रनगर । धनुषामा मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा

‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम

काक्रेविहार । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ लाई

अटिजमको कथा बोकेको चलचित्र ‘गौँथली’ आजदेखि प्रदर्शनमा

काठमाडौं । अटिजमजस्ता संवेदनशील विषयवस्तुलाई केन्द्रमा राखेर निर्माण गरिएको नेपाली

लागत बढेपछि चपेटामा किसान

सर्लाही । बरहथवा नगरपालिका-५ हात्तीडन्डाका दिनेश महतो यतिबेला धान रोपाइमा