२१ चैत्र २०८२, शनिबार | April 4, 2026

बन्दकर्ताको सडकमा रचनात्मक कार्य



दाङ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा मंगलबार गरेको बन्दको क्रममा दाङमा नेकपाका कार्यकर्ताहरूले फरक र नयाँ शैली अपनाएका छन ।

सडकका देखिएका बन्दकर्ताहरू सडक सरसफाइ र ट्राफिक चिन्नहरूको व्यवस्थापनमा लागेका छन् । बन्दकर्ताहरूले आफैँ कुचो समाएर सडक सभा गर्नेदेखि जेब्रा क्रसिङ निर्माण र रङ रोगनसम्मको काम गरेका छन ।

राजनीतिक कार्यकर्ताहरू अराजक मात्र हुन्छन भन्ने सोचलाई कम गराउन र समाजमा रचनाताम्क काम गरेर पनि विरोध गर्न सकिन्छ भन्ने देखाउन यस्तो काम गरिएको हेमन्त प्रकास वलीले बताए ।

‘सबै साथीहरूले नयाँ र रचनात्मक काम गरौँ भनेर प्रयास गरेका हौँ’, उनले भने, ‘मूल्य वृद्धिको विरोधमा बन्द भए पनि त्यसलाई सदुपयोग गरेर रचनात्मक बनाएका छौँ ।’ बन्दको समयमा यस्तो गरेमा नियमित अवस्थाको भन्दा राम्रो हुने र सडक खाली भएको बेला गरिएको पेन्टसमेत दीर्घकालीन हुने विश्वास आफूहरूले लिएको उनले बताए ।

 

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  १२ : ३५ बजे

इरानले एकपछि अर्को विमान खसाल्दा युद्धविरुद्ध अमेरिकामा विरोध बढ्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति राष्ट्रलाई सम्बोधन गर्दै इरानसँगको

फेवाताल किनारमा चल्यो डोजर, कर्ण शाक्यको रिसोर्टका संरचना पनि भत्काइए

पोखरा। पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत निर्माण गरिएका अस्थायी संरचनाहरू

कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ

काठमाडौं। कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ परेका छन्।

मध्यरातमा प्रहरीको विशेष अपरेशन, गुन्डागर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट गुन्डागर्दीमा संलग्न रहेको आरोपमा

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, महिला उम्मेदवार उठाउने घोषणा

काठमाडौं । श्रम संस्कृति पार्टीले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदमा