२९ भदौ २०८३, सोमबार | September 15, 2026

दाङमा चैतमा फुल्ने ‘पलम’ असोजमै फुल्दा स्थानीय अचम्मित



दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-१९ छिल्लीकोटमा असोजमै पलमको फूल फुलेको छ । स्थानीय पूर्णबहादुर पुनको घरमा लगाइएको पलम असोज १५ गतेदेखि फुल्न थालेको हो ।

सामान्यतया पलम फागुन वा चैत महिनामा मात्रै फुल्ने गरे पनि यसवर्ष असोजमै फुल्न थालेपछि स्थानीयवासीहरू अचम्मित भएका छन् । “विगतमा फागुन-चैततिर फूल फुल्थ्यो, तर यसपटक असोजमै फुलेको देख्दा अचम्म लाग्यो,” स्थानीय प्रविर पुनले बताए ।

छिल्लीकोट क्षेत्रमा प्रायः प्रत्येक घरमा पलमका बोट छन् । तीमध्ये पुनको घरको बोटमा यसपालि असामान्य रूपमा फूल फुल्न थालेको हो । गत वर्ष पनि सोही क्षेत्रमा पुस महिनामै काफल पाकेको थियो ।

वनस्पतिविज्ञ खेमराज शर्माका अनुसार, यस्तो समयभन्दा अगाडि फूल फुल्नु जलवायु परिवर्तनको प्रत्यक्ष असर हो । उनले भने, “तापक्रममा निरन्तर वृद्धि हुँदै गएकाले वनस्पतिहरूमा जैविक समयक्रम बिग्रिएको छ । अहिले धेरै बोटबिरुवामा यस्तै समस्या देखिन थालेका छन् ।”

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहिबार  ७ : ५६ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ