५ पुस २०८२, शनिबार | December 20, 2025

जात्राका लागि बैतडीमा दुई दिन सार्वजनिक बिदा



बैतडी । जात्राका लागि बैतडीमा दुई दिन सार्वजनिक बिदा दिइएको छ । जिल्लाको मेलौली नगरपालिकाले सूचना जारी गर्दै बिहीबार र शुक्रबार बिदा दिने निर्णय गरेको हो ।

मेलौली-१ स्थित मेलौली भगवती मन्दिरमा बिहीबार र शुक्रबार बलिसहित भव्य जात्रा लाग्दै छ । बिदाको दुई दिन नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक संस्था, विद्यालय, वित्तीय संस्थालगायतका कार्यालय बन्द रहने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर चन्दले जानकारी दिए ।

मेलौली भगवती मन्दिरमा लाग्ने जात्रामा बैतडीका साथै छिमेकी मुलुक भारतबाट पनि दर्शनार्थी आउने गर्छन् । यस्तै सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले पनि बिहीबार एक दिन सार्वजनिक दिने निर्णय गरेको छ ।

नगरप्रमुख नरेन्द्रसिंह थापाले एक सूचना जारी गर्दै नगरपालिकाको गढीस्थित प्रसिद्ध जगन्नाथ मन्दिरमा बिहीबार कात्तिक शुक्ल चतुदर्शीका दिन जात्रा लाग्ने भएकाले बिदा दिइएको जनाइएको छ ।

बिदाको दिन सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालयलगायतका कार्यालयमा बिदा रहने जनाइएको छ । जगन्नाथ मन्दिरमा प्रत्येक वर्ष कात्तिक शुक्ल चतुर्दशीका दिन भव्य जात्रा लाग्ने गरेको छ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  ८ : ४३ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता