५ पुस २०८२, शनिबार | December 20, 2025

आज गुरु नानक जन्मजयन्ती मनाइँदै



काठमाडौं । शिख धर्मका प्रवर्तक गुरु नानकको आज शुक्रबार ५५३ औं जन्मजयन्ती । हरेक वर्ष कात्तिक पूर्णिमाका दिन शिख धर्मावलम्बीहरूले गुरु नानकको जन्म जयन्ती मनाउने गरेका छन् ।

गुरु नानकको जन्म १५ अप्रिल १४६९ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब प्रान्तको तलबडी भन्ने ठाउँमा भएको थियो । यस स्थानलाई अहिले ननकाना भनिन्छ । गुरू नानक शिख धर्मावलम्बीका प्रथम गुरूसमेत हुन् । उनलाई उनका अनुयायीहरूले बाबा नानक, नानकशाह पनि भन्छन् ।

सन् १४८५ मा सुलक्खनी नाम गरेकी महिलासँग विवाह गरेका उनको श्रीचन्द दास र लक्ष्मीचन्द दास गरी दुई छोरा थिए । उनी ‘ईश्वर एक छन् ईश्वर नै सर्वशक्तिमान हुन् र यो नै सत्य हो’ भन्ने मान्यतालाई आत्मसाथ गर्ने व्यक्ति थिए । उनले रचना गरेको जपुजी नामक ग्रन्थलाई शिख सम्प्रदायको गीताको रूपमा मानिन्छ । यसलाई शिखहरू नित्य पाठ गर्ने गर्दछन् ।

उनको मृत्यु २२ डिसेम्बर १५३९ मा भएको थियो । मृत्युअघि उनले आफ्नो गुरु गद्दीलाई आफ्ना शिष्य गुरू अंगददेवलाई जिम्मा लगाएका थिए ।

भारतको पंजाबमा रहको पवित्रस्थल गुरुद्वारामा विशेष पूजाअर्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरु नानकको जन्मजयन्ती मनाइन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गर्दैै शिख धर्मावलम्बीहरूले गुरु नानकको जन्मजयन्ती मनाउने गर्छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ७ : १६ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता