२७ मंसिर २०८२, शनिबार | December 13, 2025

आजबाट ए डिभिजन लिग, पहिलो खेलमा फ्रेण्ड्स र सातदोबाटो भिड्दै



काठमाडौं । शीर्ष डिभिजन लिग आजबाट सुरु हँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने लिगको उद्घाटन खेलमा ललितपुरका दुई टोली नवप्रवेशी सातदोबाटो युथ क्लब र फ्रेण्ड्स क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

आज साँझ पौने ५ बजे सुरु हुने लिगको उद्घाटन खेलमा दुवै क्लब जितका साथ तीन अंक एकतर्फी पार्ने योजनामा हुनेछन् ।

सातदोबाटो युथ क्लब यसै सिजन भएको ‘बी’ डिभिजन लिगबाट दुई खेल अघि नै ‘ए’ डिभिजन लिगमा बढुवा भएको थियो । फ्रेण्ड्सले भने झण्डै चार दशकदेखि लगातार ए डिभिजन लिग खेल्दै आएको छ ।

खेलअघिको पत्रकार सम्मेलनमा दुबै टोलीले एक अर्कालाई कमजोर नआक्ने र तिन अंकको लागि खेल्ने बताए ।

फ्रेण्ड्स क्लबका मुख्य प्रशिक्षक मृगेन्द्र मिश्रले शीर्ष डिभिजनको लिगमा सबै विपक्षी बलियो हुने बताउँदै सातदोबाटो नयाँ भए पनि जोस र जाँगरका साथ खेल्ने योजना सुनाए । उनले सातदोबाटोविरुद्धको खेल सहज नहुने स्वीकारे ।

‘हामीले ४० दिन प्रशिक्षण गरेका थियौ । ए डिभिजन लिगमा बाच्ने लक्ष्य हुनेछ । हामी छैटौं, सातौं स्थानसम्म आउने प्रयास गर्नेछौ । खेलमा जुन विपक्षी पनि बलियो हुन्छन् । सातदोबाटो नयाँ क्लब हो, नयाँमा अझ जोस र जाँगर हुन्छ । आजको खेल गाह्रो नै होला ।’ नेपाललाई १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उपाधि जिताउँदा गोलरक्षक प्रशिक्षक मिश्रले भने ।

फ्रेण्ड्सका कप्तान सुरज बिकले पनि प्रशिक्षकको भनाईमा सहमति जनाउँदै सातदोबाटोलाई कम नमानेको र ३ अंकको लागि खेल्ने बताए ।

‘हाम्रो टोली औसत छ । सातदोबाटोलाई हामीले कम मानेका छैनौं । ३ अंक हासिल गर्ने योजना छ ।’ पहिलो पटक फ्रेण्डस्को जर्सीमा देखिन लागेका बिकले भने ।

पहिलो पटक ‘ए’ डिभिजन लिग खेल्न लागेको सातदोबाटो भने विगतका दिनमा ए डिभिजन लिग खेलेका र विदेशी खेलाडीको साथमा लिगमा उत्कृष्ट प्रदर्शन गर्ने योजनामा हुनेछ ।

शीर्ष डिभिजनको पहिलो खेलमा सातदोबाटोको नजर तिन अंकमा हुनेछ । ‘ए डिभिजन लिग खेल्न पाउँनु नै ठूलो कुरा हो । त्यसमा पनि उद्घाटन खेल पाउनु र खेलाडीले पनि पहिलो खेलमा अनुभव लिन पाउनु ठूलो कुरा हो ।’ नेपाल राष्ट्रिय टोलीको सहायक प्रशिक्षकको रुपमा काम गरिसकेका केसीले भने ।

कुन-कुन कुरामा सुधार गर्नुपर्छ सबैसँग खेलेपछि थाहा हुन्छ । दुई-तीन खेल खेलेपछि नजर परिवर्तन गर्छौं ।’

क्लबका कप्तान मानबहादुर तामाङले नयाँ क्लबलाई चुनौतीको रुपमा लिएको र लिगमा सातदोबाटो नयाँ भएकाले अनुभव बाड्न आएको प्रतिक्रिया दिएका छन् ।

करिब ४ महिना हुने लिगमा १४ क्लबको सहभागिता छ । राउण्ड रोबिन पद्दतिमा हुने लिगमा ९१ खेल हुनेछन् । लिगको शीर्षस्थानको टोली एएफसीको प्रतियोगिताका लागि छनोट हुनेछ भने पुछारका दुई टोली ‘बी’ डिभिजन लिगमा घटुवा हुनेछन् ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ७ : २० बजे

माछापुच्छ्रे बैंक पार्टनरशिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीसीएफ)मा सहभागी

काठमाडौं । माछापुच्छ्रे बैंकले वित्तीय क्रियाकलापबाट हुने हरितगृह ग्यास उत्सर्जनको

निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्नेछ : अध्यक्ष साम्पाङ

खोटाङ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले अबको निर्वाचनपछि

लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि

काठमाडौँ । लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै दोस्रो संस्करणको

११ औ महाधिवेशनमा एमाले अध्यक्षले के के भने ? (पूर्णपाठ)

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अनिर्वाचित सत्ता

नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव : छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम

काठमाडौँ । नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा बिहीबार छोङछिङ