१ पुस २०८२, मंगलबार | December 16, 2025

प्रधानमन्त्री देउवाद्वारा गुरु नानक जयन्तीको शुभकामना व्यक्त



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सिख धर्मावलम्बीको विशेष पर्व गुरु नानक जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण सिख धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

गुरु नानक जयन्तीका अवसरमा उनले शुभकामना सन्देश जारी गरी सिख धर्मावलम्बीले पवित्रस्थल ‘गुरुद्वारा’मा पूजाअर्चाना, भजनकीर्तनका साथ विभिन्न धार्मिक र सामाजिक कार्य गरी मनाइने यस जयन्तीले नेपाली समुदायमा धार्मिक सहिष्णुता कायम गर्दै आपसी सद्भाव र भाइचारा बढाउनेतर्फ प्रोत्साहन मिल्ने उल्लेख गरेका छन् ।

उनले गुरुनानकले स्थापित गरेका सामाजिक न्यायका मार्गदर्शनको अवलम्बन गर्न सकिएमा समाजमा शान्ति स्थापना भई आपसी सद्भाव, भाइचारा, सहिष्णुताका साथै सामाजिक न्याय प्रगाढ हुने र राष्ट्रिय एकतालाई थप मजबुत बनाउन बल पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले समाजमा देखिने विविध प्रकारका विभेदको अन्त्य गर्दै समतामूलक, सभ्य र सुसंस्कृत समाज निर्माण गर्ने सरकारको प्रयासमा थप बल पुर्‍याउन गुरुनानक जयन्तीले सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वासका साथ शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ७ : ५९ बजे

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा

लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक