२० चैत्र २०८२, शुक्रबार | April 4, 2026

कोभिडले सुस्ताएको तिलोत्तमाको बृहत् सरसफाइ अभियान फेरि अघि बढ्यो



बुटवल । कोभिड-१९ का कारण सुस्ताएको रुपन्देहीको तिलोत्तमा नगरपालिकाको बृहत् सरसफाइ अभियान फेरि सुरु भएको छ । तिलोत्तमाले समुदायलाई परिचालन गरी बृहत् नगर सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ ।

यही अभियानकै क्रममा नगरलाई खुला शून्य पोलिथिनयुक्त नगरसमेत घोषणा गरिसकिएको छ । तिलोत्तमा नगरपालिकामा सञ्चालित समुदायमा आधारित सरसफाइ अभियान ७८ औं शृंखला पुगेको नगर प्रमुख वासुदेव घिमिरेले जानकारी दिए ।

कोभिड संक्रमण घट्दै जान थालेपछि समुदायस्तरमा हुने सरसफाइमा नगरबासी पुनः सक्रिय हुन थालेका हुन् । तिलोत्तमाले पूर्णसरसफाइ उन्मुख नगरपालिका घोषणालाई प्रभावकारी बनाउन सरसफाइ अभियानलाई प्राथमिकतामा राख्दै आएको छ ।

कोभिडको प्रभाव कम भएर जनजीवन सामान्य हुँदै जाँदा टोल विकास संघसंस्था सरसफाइमा सक्रिय रूपमा जुट्न थालेको नगरपालिकाको वातावरण शाखाले जनाएको छ । नगरपालिकाले हरेक महिनाको १ र १५ गते नगर स्तरीय सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ भने टोल विकास संस्थाहरूले तोकिएका दिनका अतिरिक्त शनिबार वा सार्वजनिक बिदाको दिनमा समेत सरसफाइ कार्यक्रम गर्दै आएका छन् ।

सरसफाइ अभियानमा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी विभिन्न संघसंस्था, टोल विकास संस्था र समुदायस्तरको सहभागिता रहने गरेको छ । सरसफाइ अभियन्ताहरूले सुर्ती, गुट्खालगायत प्लाष्टिकजन्य फोहोरलाई जथाभावी नफाल्न सम्पूर्ण नगरबासीलाई आग्रह गर्ने गरेका छन् । प्लाष्टिकजन्य फोहोरलाई जलाउँदा मानव स्वास्थ्यमा हानि पुग्ने भएकाले निर्धारित स्थानमा व्यवस्थापन गर्न उनीहरूको आग्रह छ ।

नगर प्रमुख घिमिरेले नगरलाई सफा, स्वच्छ, हराभरा बनाउने दायित्व सबै नगरवासीको भएको बताउँदै जथाभावी फोहोर गर्नेलाई कारबाही हुने बताए । “नगरपालिकाले जथाभावी फोहोर फ्याँक्नेलाई कारबाही गर्ने गरेको छ, अहिले नगरबासीमा सरसफाईप्रतिको चेतना जागृत भएको छ”, उनले भने ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  १२ : ४० बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२