३ पुस २०८२, बिहिबार | December 18, 2025

काँग्रेस १४ औ महाधिवेशन : आक्रमणबाट घाइते भन्छन् गृहमन्त्रीको आडमा गृहमन्त्रीकै भाईको निर्देशनमा आक्रमण भयो



बुटवल । काँग्रेस महाधिवेशनको सन्दर्भमा रुपन्देहीको प्रदेश ३(क) को मतगणना स्थलमा आक्रमणमा परेका घाइते नेताका समर्थकहरुले अस्पतालको बेडमै पत्रकार सम्मेलन गरेका छन् । उनीहरुले आन्तरिक लोकतन्त्रको अभ्यासका क्रममा मण्डले शैलीमा आक्रमण भएको भन्दै घटनाको निन्दा समेत गरेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै प्रदेश (क)का उम्मेदवार पुरण श्रेष्ठले गृहमन्त्री बालकृष्ण खाणको भाई रामकृष्ण खाणको निर्देशनमा आक्रमण भएको आरोप लगाए । उनले खाणको निर्देशनमा तरुण दलका रुपन्देही अध्यक्ष सोम बहादुर गुरुङको नेतृत्वमा आएको टोलिले काँग्रेस नेता शैलेस पन्तमाथि सांघातिक आक्रमण भएको बताएका छन् । सत्ता र शक्तिको आडमा गुण्डा परिचालन गरेर आफ्नै पार्टीको कार्यकर्तामाथि सांघातिक आक्रमण भएको भन्दै श्रेष्ठले मतगणना स्थलको सुरक्षा दिन नसक्ने गृह प्रशासनको समेत भत्र्सना गरेका छन् ।

सिद्धार्थनगरको भैरहवा स्थित प्रदेश (क)को मतगणना स्थलमा राती काँग्रेसका देउवा पक्षधर युवाहरु पुगेर जेनरेटर बन्द गर्नुका साथै प्रदेश सचिव पदका उम्मेदवार शैलेस पन्त सहित ५ जना कार्यकर्ताहरु माथि आक्रमण गरेका थिए । घाइते ४ जनाको भिम अस्पतालमा र गम्भीर घाइते भएका पन्तको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ । रुपन्देहीमा रामचन्द्र पौडेल पक्षीय नेताहरुले आफ्नो पक्षका नेताहरुले आन्तरिक निर्वाचनमा जित्ने निश्चित भएपछि गृहमन्त्री खाणको आडमा आक्रमण भएको आरोप लगाएका छन् ।

उता काँग्रेस रुपन्देहीका सचिव एवम गृहमन्त्रीको भाई रामकृष्ण खाणले घटना नियोजित नभएको बताएका छन् । घाइते पन्तलाई भेट्न अस्पताल पुगेको खाणले मतगणना स्थलमा नभई बाहिर झडप भएको बताउँदै त्यसमा कुनै नियोजित योजना नभएको स्पष्ट पारेका छन् । उनले गृहमन्त्रीको नाम जोड्न आवश्यक नरहेको बताउँदै घटनाका बारेमा बसेर निकास दिन सकिने बताएका छन् ।

 

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ११ : ०६ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका