१ पुस २०८२, मंगलबार | December 16, 2025

गठबन्धन चुनावसम्म रहन्छ : सामान्य प्रशासनमन्त्री श्रेष्ठ



संखुवासभा । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले अहिलेको गठबन्धन चुनावसम्मै रहने बताएका छन् ।

संखुवासभा सदरमुकाम खाँदबारीमा जनता समाजवादी पार्टी (जसपा)ले शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री श्रेष्ठले अहिले सरकारमा रहेको पार्टीहरूको गठबन्धन चुनावसम्मै रहने बताएका हुन् ।

गठबन्धनलाई उच्च स्तरीय संयन्त्र बनाएर चुनावसम्म सँगै जाने मन्त्री श्रेष्ठको भनाइ छ । अहिलेको स्थितिमा गठबन्धन चुनावसम्मै जानु पर्न अवस्था रहेको उनको भनाइ छ । गठबन्धन सरकारले साझा नीति कार्यक्रम, मन्त्रीहरूको आचार संहिता बनाउँदै काम गरिहेको स्मरण समेत मन्त्री श्रेष्ठ गराए । तत्कालिन अवस्थामा नेकपा एमालेसँग चुनावी तालमेल हुने अवस्था नभएका कारण गठबन्धन चुनावसम्म जाने मन्त्री श्रेष्ठले बताए ।

‘संघीय निजामती सेवा ऐन अध्यादेशमार्फत’
संघीय निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले बताए । राजनैतिक गतिरोधका कारण राज्य व्यवस्था समितिबाट पास भएर संसदमा ऐन गएको लामो समयसम्म पनि अघि बढ्न नसेको मन्त्री श्रेष्ठले बताए । निजामती ऐन संसदमै छलफल गरेर ल्याउन पटक पटक प्रयास गरे पनि दलहरूको खिचातानीका कारण सम्भव नभएको उनले बताए । श्रेष्ठले भने, ‘मेरो पहिलो प्राथमिकता मन्त्रालयको पुर्नसंरचना नै हो । कर्मचारी अभाव हुँदा प्रदेश तथा स्थानीय तहमा ठुलो समस्या भइरहेको छ । ऐन बन्न नसक्दा अहिले प्रशासनीक क्षेत्रमा ४० प्रतिशत र प्राविधिक क्षेत्रमा ६० प्रतिशत कर्मचारी अभाव छ ।’ अध्यादेशपछि कर्मचारीभित्र देखिएका गतिरोध अन्त्य हुने मन्त्री श्रेष्ठले बताए ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ३ : ५५ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष