३ पुस २०८२, बिहिबार | December 18, 2025

‘मलाई सिध्याउन अहंकारले चुलिएकाहरुले चितवनमा महाधिवेशन गर्दैछन्, तर सक्दैनन’ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो चुनावमा मधेसमा माओवादी केन्द्र पहिलो पार्टी हुने दाबी गरेका छन् ।

रौतहटमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले निरंकुशता र आत्मसमर्पणवादीहरुलाई पराजित गर्दै माओवादी पहिलो पार्टी बन्ने दाबी गरेका हुन् ।

अध्यक्ष प्रचण्डले माओवादी परित्याग गरी एमाले बनेका प्रभु साहलाई लक्षित गर्दै उनलाई भगौडा, प्रतिक्रान्तिकारी भएको आरोप लगाए । प्रचण्डले भने ‘रौतहट जिल्ला महान् सहिदहरूको हो, निरंकुशतावादी, आत्मसमर्पणवादीहरूको जिल्ला होइन, यो क्रन्तिकारीहरूको जिल्ला हो। महान् सहिदहरुको जिल्ला हो।’

अध्यक्ष प्रचण्डले आफुलाई सिध्याउने उद्देश्यले एमालेले चितवनमा महाधिवेशन राखेको दाबी गरे । उनले एमालेले महाधिवेशन गरेर मान्छे उतारे पनि जनताको अगाडि केही नलाग्ने बताए ।

उनले भने, ‘अहंकारले चरमचुलीमा पुगेका खलनायकहरुले पनि महाधिवेशन गर्दैछन्’ प्रचण्डलाई माया गरेका छन्, तर उनीहरु माया गर्न गएका त होइनन्, सिध्याउन गएका हुन्, तर जनताको अगाडि कुनै तागतले केही गर्न सक्दैन ।’

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ४ : २१ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका