७ आश्विन २०८३, बुधबार | September 23, 2026

द ब्रिटिस कलेजको सातौं दिक्षान्त समारोह सम्पन्न



काठमाडौं । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल(बीएसी)को मान्यताप्राप्त नेपालको एकमात्र शैक्षिक संस्था द ब्रिटिस कलेज (टीबीसी) को सातौं दिक्षान्त समारोह सम्पन्न भएको छ ।
ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको टीबीसीमा लिड्स बेकेट युनिभर्सिटी (एलबीयु) तथा द युनिभर्सिटी अफ वेष्ट इंग्ल्याण्ड (यूडब्लुई)को सम्बन्धनमा अध्यायनरत विद्यार्थीहरु दिक्षित भएका हुन् ।
कोरोना महामारीको कारण गतवर्षको दिक्षान्त समारोह भर्चुअल्ली सम्पन्न भएपनि यस वर्ष भने कोरोना संक्रमण केही नियन्त्रणमा रहेको हुँदा भौतिक उपस्थितिमै हायात रिजेन्सी होटलमा कार्यक्रमको आयोजना गरिएको हो । यद्यपी, कार्यक्रम स्थलमा कोरोना संक्रमण नियन्त्रणको मापदण्डलाई पालना गरिएको थियो । त्यस्तै, सीमितव् यक्तिहरुलाई मात्रै कार्यक्रमस्थलमा निम्तो गरिएको थियो भने कार्यक्रममा उपस्थित हुन नसक्नेहरुको लागि प्रत्यक्ष प्रशारणको व्यवस्था गरिएको थियो ।
सम्पन्न दिक्षान्त समारोहलाई दुई भागमा बिभाजन गरिएको थियो । बिजनेश विषयका विद्यार्थीहरुलाई बिहानको समयमा र आईटीका विद्यार्थीहरुलाई दिउँसोको समयमा दिक्षित गरिएको थियो । समारोहमा स्नातक तथा स्नातोकोत्तर तहका गरि जम्मा ४१९ जना विद्यार्थीहरु दिक्षित भएका हुन् ।
कोरोनाकै कारणउ पस्थित हुन नसकेका कलेजको सल्लाहकारहरु जोन एडवर्ड होलिस्टर मोन्टागु, माइकल रुटल्याण्ड, प्रोफेसर फर्गस लियोन लगायतले दिक्षान्त समारोहलाई भर्चुअल्ली सम्बोधन गरेका थिए ।
त्यस्तै, युनिभर्सिटी अफ वेस्ट अफ इंग्ल्याण्डका भाइस चान्सलर तथा अध्यक्ष स्टीभ वेस्ट- सीबीइ, लिड्स बेकेट युनिभर्सिटीका प्रोफेसर तथा प्रो भाइस चान्सलर जिनकिए, ब्रिटिस कलेजका एक्जिक्यूटिभ प्रिन्सिपल डा. मेरी बिशपले पनि स्वागत मन्तब्य राख्दै दिक्षित विद्यार्थीहरुलाई बधाई दिएका थिए । कलेजका सल्लाहकार डा.अर्जुन कार्की लगायत भने व्यक्तिगत रूपमै उपस्थित भएका थिए ।
सोही कार्यक्रमको लागि कलेजका कार्यकारी निर्देशक तथा संस्थापक राजन कँडेल बेलायतबाट नेपाल आएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै कँडेलले कोरोनाको महामारीको समयमा पनि विद्यार्थीहरुले उत्कृष्ट नतिजा हाँसिल गरेको भन्दै सबैलाई बधाई दिए । ‘कोरोना भाइरसको महामारीमा पनि हाम्रो विद्यार्थीहरुले राम्रो नतिजा ल्याएका छन् ।
कलेजकै इतिहासमा सबैभन्दा धेरैले विद्यार्थीहरुले डिस्टिङ्सन ल्याएका छन् ।’ कँडेलले भने, ‘यस वर्ष हाम्रो कलेजले ब्रिटिस एक्रिडेशन काउन्सिलको पनि मान्यता पाएका हुँदा कलेजबाट डिग्री प्राप्त गर्ने विद्यार्थीहरुले अतिरिक्त सम्मान पनि पाएका छन् । मलाई गर्व छ हाम्रो कलेजबाट ग्राजुयट भएका विद्यार्थीहरु सफल हुनेछन् । तपाईहरुको उज्वल भविष्यको कामना पनि गर्दछु ।’

 

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ७ : ०६ बजे

लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान, उच्च सतर्कता अपनाउन मुख्यमन्त्रीको अपिल

दाङ । लुम्बिनी प्रदेशमा असोज ९ देखि ११ गतेसम्म मेघगर्जन,

एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन, सदस्यहरूले धारणा राख्दै

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको तेस्रो दिनको

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच न्यूयोर्कमा भेट

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभाका

हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश

त्रिशूली । रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्डे, सातविसे र नौबिसेमा अहिले

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई-पोखरा-दुबई रुटमा