१ फाल्गुन २०८२, शुक्रबार | February 14, 2026

सडक दुर्घटनामा माओवादी केन्द्रका रुपन्देही इन्चार्ज टंकमणीको मृत्यु



बुटवल । नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद बञ्जाडे ‘टंकमणी’ को सवारी दुर्घटनामा निधन भएको छ ।

माओवादी केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज बञ्जाडे बुटवलको जितगढीमा मंगलबार साँझ दुर्घटनामा परेका थिए ।

सवारी दुर्घटनामा परी गम्भीर घाइते उनको बुधबार बिहान ५ः३० बजे बुटवलको मर्सिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

पार्टी कामकै शिलशिलामा उनी दाङबाट बुटवल फर्किदै थिए । बञ्जाडे सवार लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ना ५ ख ९०६ नम्बरको यात्रुबाहक बसले बुटवलको जितगढीमा ठक्कर दिएको थियो । जितबहादुर रानामगरले चलाएको मोटरसाइकलमा उनी पछाडि सवार थिए । दुर्घटनामा परी रानामगरसमेत घाइते भएका छन् ।

बुटवलको जितगढीका स्थायी बासिन्दा रहेका ५६ वर्षीय बञ्जाडेका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।

बञ्जाडेको निधनप्रति नेकपा माओवादी केन्द्र रुपन्देहीले गहिरो दुस्ख प्रकट गरेको छ । उनको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको माओवादी केन्द्र रुपन्देहीले जनाएको छ । बन्जाडेको निधनप्रति सो पार्टीका विभिन्न जगवर्गीय संगठन एवं विभिन्न दलका नेताले दुःख प्रकट गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ७ : ३६ बजे

महिला मतदाता कम हुनुको कारणबारे अध्ययन हुन्छ : प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कूल मतदाता सङ्ख्यामा

राष्ट्रपति पौडेलद्वारा महाशिवरात्रिमा साधुसन्तलाई प्रदान गरिने सामग्री सङ्कल्प

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ दर्शनमा आउने

‘बाँकेको क्षेत्र नम्बर २ मा जितको नजिक पुगिसकेका छौं’ : कांग्रेस उम्मेदवार कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले बाँके क्षेत्र

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

New Chinese Ambassador Zhang Maoming Pledges to Deepen Strategic Partnership and Advance Shared Future Community

Kathmandu : Zhang Maoming, the newly appointed 23rd Ambassador Extraordinary