१ फाल्गुन २०८२, शुक्रबार | February 14, 2026

तीनै तहको चुनाव एकैपटक गर्न प्रधानमन्त्री सकारात्मक : प्रचण्ड



धनगढी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीनै तहको निर्वाचन एकैपटक गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भएको बताएका छन् ।

बुधबार धनगढी विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै प्रचण्डले तीनै तहको निर्वाचन एकैपटक गर्नुपर्ने आवाज बलियो रुपमा उठ्न थालेपछि प्रधानमन्त्री देउवासँग छलफल गरिएको बताएका हुन् ।

‘प्रधानमन्त्रीज्यू पनि त्यस विषयमा सकारात्मक हुनुहुन्छ,’ अध्यक्ष प्रचण्डले भने,‘ सबै तहसँग छलफल गरेर उपयुक्त निष्कर्षमा पुगिने छ । पटकपटक चुनाव गर्दा राज्यलाई खर्च भार पनि बढी हुने र जनतालाई पनि दिक्क लाग्ने हुँदा सबै चुनाव एकैपटक गर्नुपर्ने माग आउन थालेको उनले बताए ।

प्रचण्डले सर्वोच्च अदालनमा देखिएको समस्या छिट्टै समाधान हुने बताए । अदालतभित्र देखिएको समस्या आन्तरिक रुपमै समाधान हुनुपर्ने बताउँदै उनले त्यसो नभएमा एक दुई दिनमा पाँच दलीय गठबन्धनले एक स्टेपमाथि गएर अर्को निर्णय गर्ने बताए ।

‘प्रचण्ड’ले अहिले सबैलाई गठबन्धन आवश्यक रहेको बताए । कतिपय मानिसहरूले गठबन्ध चल्दैन, टिक्दैन कि भनेर आशंका गर्ने या भ्रम फैलाउने स्थितिको अन्त्य भइसकेको प्रचण्डले दाबी गरे । ‘यो गठबन्धनले मजाले प्रधानमन्त्री, मन्त्री बन्न पाइया छ, सरकार चलाउन पाइया छ, अनि गठबन्धन टिक्दैन भन्ने हुन्छ र ? यो त मिल्ने कुरै होइन नि,’ उनले भने।

पाँच दलीय समन्यव समितिको नाममा उच्चस्तरको संयन्त्र बनाएपछि तत्काल देशमा अस्थिरता नआउने उनले जिकिर गरे । प्रचण्डले गठबन्धनले चुनाव मिलेर लड्ने निर्णय गरेको पनि बताए । तर, उच्चस्तरीय संयन्त्र सरकारलाई निर्देशन दिने नभै पार्टीहरुबीचको संयन्त्र भएको उनले बताए ।

 

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ११ : ०१ बजे

महिला मतदाता कम हुनुको कारणबारे अध्ययन हुन्छ : प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कूल मतदाता सङ्ख्यामा

राष्ट्रपति पौडेलद्वारा महाशिवरात्रिमा साधुसन्तलाई प्रदान गरिने सामग्री सङ्कल्प

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ दर्शनमा आउने

‘बाँकेको क्षेत्र नम्बर २ मा जितको नजिक पुगिसकेका छौं’ : कांग्रेस उम्मेदवार कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले बाँके क्षेत्र

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

New Chinese Ambassador Zhang Maoming Pledges to Deepen Strategic Partnership and Advance Shared Future Community

Kathmandu : Zhang Maoming, the newly appointed 23rd Ambassador Extraordinary