१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

कांग्रेस १४ औं महाधिवेशनः २८ जिल्लामा नयाँ नेतृत्व



काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत एक मात्र निर्वाचन क्षेत्र रहेका ३५ मध्ये २८ जिल्लामा नयाँ नेतृत्व चयन भएको छ । हालसम्म चयन भएका जिल्लाको नेतृत्व हेर्दा कांग्रेसको केन्द्रीय नेतृत्वकै दुई गुटबीच कडा टक्कर देखिएको छ ।

१४औं महाधिवेशनअन्तर्गत एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका हिमाली र पहाडी गरी ३५ निर्वाचन क्षेत्र छन् । तीमध्ये २८ जिल्लामा नयाँ नेतृत्व चयन भएको हो ।

जिल्ला अधिवेशन सम्पन्न भएका २८ जिल्लाको परिणाममा कांग्रेसको संस्थापन पक्ष अगाडि देखिएको छ । सार्वजनिक मत परिणामअनुसार २८ मध्ये १५ जिल्लामा हालका सभापति शेरबहादुर देउवाले नेतृत्व गर्दै आएको संस्थापन समूहले नेतृत्व हात पारेको छ ।

त्यस्तै, १३ वटा जिल्लामा संस्थापनइतर समूहले नेतृत्व पाएको छ । एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा भने जिल्ला नेतृत्व चयन गर्न १० मंसिरमा जिल्ला अधिवेशन तोकिएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार १३ जिल्लामा दसैंअघि नै अधिवेशन भएको थियो । अन्य हिमाली तथा पहाडी जिल्लामा भने अहिले धमाधम नेतृत्व चयनको काम भइरहेको छ ।

संस्थापन समूहबाट ताप्लेजुङमा गजेन्द्रप्रसाद तुम्याहाङ, हुम्लामा मोहनविक्रम सिंह, रामेछापमा पूर्णबहादुर तामाङ (कान्छाराम), मुगुमा ऐनबहादुर शाही, बझाङमा खडक बोहरा, म्याग्दीमा खमबहादुर गर्बुजा र मनाङमा शंकर गुरुङ जिल्ला सभापति चयन भएका छन् ।

त्यसैगरी, सल्यानमा केशरबहादुर विष्ट, डोल्पाबाट दीपेन्द्र शाही, डडेल्धुरामा भीमबहादुर साउद, जुम्लामा कर्णबहादुर शाही, जाजरकोटमा बेदराज सिंह, पाँचथरमा रूपनारायण जवेगु, लमजुङमा डा. टेकबहादुर गुरुङ, डोटीमा नरेन्द्रबहादुर सिंह संस्थापन समूहबाट सभापति निर्वाचित भएका छन् । जाजरकोटका सिंह र मनाङका गुरुङ सर्वसम्मत सभापति चयन भएका हुन् ।

त्यस्तै, संस्थापनइतर समूहबाट संखुवासभामा दीपक खड्का, कालीकोटमा अम्मबहादुर शाही, दोलखामा बर्मा लामा, मुस्ताङमा रोमी गौचन, रुकुम पूर्वमा केशरमान रोका, गोरखामा नन्दप्रसाद न्यौपाने र बाजुरामा रामसिंह रावल जिल्ला सभापति बनेका छन् ।

यसैगरी, अर्घाखाचीमा केशव श्रेष्ठ, प्युठानमा विष्णुकुमार गिरी, बैतडीमा चतुरबहादुर चन्द, भोजपुरमा विनोद बान्तवा, तेह्रथुममा अर्जुनबहादुर तुम्बाहाङ्फे र रोल्पामा किशोर आचार्य जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।

एक मात्र निर्वाचन क्षेत्र भएको रसुवा, दार्चुला र धनकुटामा जिल्ला अधिवेशन हुनै बाँकी छ भने अन्य जिल्लामा पक्रिया सुरु भएर अड्किएका छन् । ताप्लेजुङ, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, रामेछाप, दोलखा, रसुवा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुमपूर्व, रुकुमपश्चिम, सल्यान, जाजरकोट, डोल्पा, जुम्ला, कालिकोट, मुगु, हुम्ला, बाजुरा, बझाङ, डोटी, डडेल्धुरा, बैतडी र दार्चुला एक मात्र निर्वाचन क्षेत्र भएका जिल्ला हुन् ।

कांग्रेसले एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा भने १० मंसिरका लागि जिल्ला अधिवेशन तोकेको छ । त्यसपछि १६ र १७ मंसिरमा कांग्रेसले सातै प्रदेशमा प्रदेश तहको अधिवेशन गर्नेछ भने २४, २५ र २६ मंसिरका लागि केन्द्रीय महाधिवेशन तय छ । आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  ६ : ५९ बजे

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

भारत । भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो

राष्ट्रपति पौडेलद्वारा अनुगमन तथा मुल्यांकन विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मुल्यांकन गर्न बनेको

आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई दियो २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई २२३ रनको लक्ष्य

आगामी नीति तथा कार्यक्रम र बजेट जनमुखी हुन्छ : प्रधानमन्त्री प्रचण्ड

हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति