२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश अधिवेशन सम्पन्न, मानसिंह विकको नेतृत्वमा सर्वसम्मत प्रदेश समिति गठन



भालुवाङ । प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनले अध्यक्षमा मानसिंह विश्वकर्मालाई दोहो¥याउँदै सवैसम्मत कार्यसमिति निर्वाचित गरेको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको भालुवाङमा बिहिवार सम्पन्न अधिवेशनले विश्वकर्माको अध्यक्षमा ४१ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित गरेको हो ।

अधिवेशनले वरिष्ठ उपाध्यक्षमा रुद्रहरि कुँवर, खुला उपाध्यक्षमा प्रदीप वाग्ले, समाबेशी उपाध्यक्षमा प्रकाश चौधरी, प्रमुख सचिवमा भुपेन्द्र ओली, खुला सचिवमा टीकाराम पोख्रेल, दिबाकर पोख्रेल, गणेश पाण्डे, मधेशी सचिवमा आलम खान, महिला सचिवमा भावना सुवेदी, जनजाति सचिवमा गजेन्द्र गुरुङ, दलित सचिवमा चिन्ताबहादुर दर्जी, कोषाध्यक्षमा मनिष कार्की, लेखा समिती संयोजकमा शीतल थापा र अनुशासन समिति सदस्यमा माया केसीलाई निर्वाचित गरेको छ ।

अधिवेशनको नेकपा माओवादी केन्द्रका प्रचार विभाग प्रमुख एवं प्रवक्ता कृष्ण बहादुर महराले उदघाटन गरेका थिए । उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता महराले मुलुकको राष्ट्रिय स्वाधिनता खतरामा रहेको बताए । उनले अहिले देश भित्रकै प्रतिगामी र नेपालको हित नचाहाने अन्तराष्ट्रिय शक्तिबाट राष्ट्रिय स्वाधिनता खतरामा रहेको बताए ।

अहिले रहेको पाँच दलीय गठबन्धन असंवैधानिक कदमका विरुद्धको गठबन्धन भएको उल्लेख गर्दै विचारमा फरक फरक भएपनि मुलुकको राष्ट्रियतालाई जोगाउन सबै परिवर्तनकारी शक्ति एकैठाउँमा उभिएको दाबी गरे । ‘विचारमा फरक फरक छौं तर राष्ट्रियताको सवालमा सबै सक्ति एकैठाउँमा छौंं’, उनले भने । पछिल्लो चरणमा भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीचको भेटघाटको प्रशंगमा महराले राष्ट्रियता र लोकतन्त्रलाई जोगाउन क्रान्तिकारी शक्तिहरु एक हुने समेत बताए ।

अधिवेशनको सन्दर्भमा प्रेस काउन्सिलका पुर्व अध्यक्ष नारायणप्रसाद शर्मा सहित एक दर्जन पत्रकारलाई सम्मान गरिएको थियो । सेन्टर दोश्रो अधिवेशनका अबसरमा प्रेस काउन्सिल नेपालका पुर्व अध्यक्ष शर्मा सहित स्तम्भ लेखक नरेन्द्रजंग पीटर,बिनोद पहाडीलाई सम्मान गरिएको थियो ।

अधिबेशनका अबसरमा लुम्बीनी प्रदेशका संस्थापक गोबिन्द आचार्य,मौसम रोका,अजयदिप शर्मा र चेतलाल कवंरलाई पनि सम्मान गरिएको थियो । अधिवेशनमा उपस्थित लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी सोनामले अधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  १० : ३८ बजे

अमेरिका-इजरायलद्वारा इरानको खार्ग टापुमा आक्रमण

तेहरान । इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुमा अमेरिका

कपिलवस्तु-११ दोस्रो सौभाग्य कपको सेमीफाईनलमा प्रवेश

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

होटल पौवाको १०औँ वार्षिकोत्सव : सबै शाखामा ‘स्वाद उत्सव’ आयोजना हुने

नेपालगन्जमा कमल खत्री र समिक्षा अधिकारीको प्रस्तुती रहने नेपालगन्ज ।

बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु

बागलुङ । बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ

सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्धको रिटमा सर्वोच्चद्वारा दुवै पक्षलाई छलफलमा बोलाउने आदेश

काठमाडौं । सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने सरकारको निर्णयविरुद्ध दायर