२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

केमिकल एण्ड मेडिकल सप्लायर्सको वार्षिक साधाणसभा सम्पन्न



बुटवल । केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसियशन अफ नेपाल लुम्बिनी अन्चल शाखाको चौथो बार्षिक साधारणसभा तथा प्रथम रुपन्देही जिल्ला अधिवेशन सम्पन भएको छ ।

कार्यक्रममा बोल्दै नेपाल केमिकल एण्ड मेडिकल सप्लायर्सका केन्दीय अध्यक्ष सुरेश घिमिरेले हामीले गर्दै आएको व्यवसाय नितान्त मानव जिवनको संरक्षण वा स्वास्थ्य उपचारसँग सरोकार रहेको भन्दै सरकारले अतिआवश्यक सामान सर्जिकलमा समेत भंन्सार कर लगाएर जनतालाई आर्थिक भार पारिरहेको बताएका छन ।

औषधी र सर्जिकल उपकरणहरु उपचारमा उतिकै महत्वपूर्ण सामान हुदाँ हुदै यसको व्यवसाय गर्ने व्यापारीहरुलाई व्यापारका नामाम बेलाबेलामा दुख दिने गरेको आरोप लगाए । कोरोनाका बेला नेपालमा माक्स सेनेटाईजर पिपिई जस्ता सामानहरु विदेशबाट मगाएर वितरण गर्दा समेत राज्यले धन्यवाद भन्न नसक्नु दुखको कुरा भएको भन्दै राज्यले महामारी हुदा होस अन्य बेला चाहिने सर्जिकल सामानको जोहो गर्नुपर्नै सबै काम हामी व्यवसायीहरुले गर्दै आएको बताए । नेपालमा सुन्य उत्पादन भएको वस्तुहरु बाहिरबाट ल्याएर सहज सुलभ तरीकाले वितरण गरेको बताए ।

कार्यक्रममा बुटवल उद्योग वाण्ज्यि संघका अध्यक्ष उज्जल कसजुले बिरामीका लागी सर्जिकल तथा केमिकल अती अवस्यक वस्तु भएको भन्दै यसको व्यवसायी क्षेत्र मयादित र सेवामुखी हुनुर्पने बताए । उपकरण बिना बिरामीको उपचार सम्भव नभएकाले राज्यले यो व्यवसाय गर्ने व्यापारीलाई सहुलियत दिनु जरुरी रहेको बताए ।

अफीम लुम्बिनी प्रदेशका महासचिव मुक्ति पौडेलले पछिल्लो समय अस्पतालहरु सेवा भन्दा नाफा मुखी हुदै गएको बताए ।
क्याम्सन लुम्बिनीका अध्यक्ष बिष्णु भण्डारीले केमिकल तथा सर्जिकल क्षेत्रमा व्यवसाय गर्दा राज्यबाट दुख पाउदै आएको गुनासो गरे । औषधी व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष शिव ज्ञवाली, राप्तीका अध्यक्ष बालकमार घतीर्, बाबुराम भण्डारी, विजय आचार्य, विजय खनाल लगायतले कार्यक्रममा बोलेका थिए ।

क्याम्सन रुपन्देहीको प्रथम अधिवेशनबाट नौ सदस्य नया कार्यसमिती निवाचित भएका छन । जसमा अध्यक्षमा बाबुराम भण्डारी प्रथम उपाध्यक्षमा दिपक भटराई उपाध्यक्षमा दपक खनाल महासचिबमा ऋषीराम अर्याल सचिवमा सुरज खत्री कोषाध्यक्षमा किसन प्रसाद पान्डे चयन भएका छन भने सदस्यमा तेजेन्द्र सापकोटा विरेन्द्र श्रेष्ठ यदुमणी पोखेल निवाचित भएको निर्वाचन संयोजक विजय खनालले बताए ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  १० : ५२ बजे

क्यान्सर अस्पतालको प्रयोगशाला र एक्सरे सेवा २४ सै घण्टा संचालन

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

हिरोसिमाबाट आणविक हतियारविरुद्ध चेतावनी

हिरोसिमा । जापानको हिरोसिमा सहरले अमेरिकी आणविक बम आक्रमणको ८१औँ

मृग जोगाउने क्रममा पल्टिँदा ट्याङ्करमा आगलागी

जनकपुरधाम । मधेस प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्याङ्कर रौतहटको

ग्वार्को फ्लाइओभर बस दुर्घटना अपडेट : एक महिलाको मृत्यु, १९ जना घाइते 

काठमाडौं । ललितपुरको ग्वार्को फ्लाइओभरमा बिहीबार बिहान यात्रुवाहक बस दुर्घटना

कांग्रेस-विवाद : देउवा-खड्काको पुनरावलोकन निवेदनमाथि सर्वोच्चमा सुनुवाइ

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध