७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउन भन्दै माधव नेपाललाई बारले बुझायो ज्ञापनपत्र



काठमाडौं । नेपाल बार एसोसिएसनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानन्यायाधीश चोलेन्द्रशमशरे जबरामाथि महाअभियोग लगाउन भन्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।

आइतबार बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, उपाध्यक्ष रक्षा बस्याल, महासचिव लीलामणि पौडेल, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यसहितका पदाधिकारीले संघीय संसद् सचिवालयमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एसका अध्यक्ष नेपाललाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्र बुझाउँदै बारले प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउनसमेत आग्रह गरेका छन् । प्रधानन्यायाधीश जबराले अदालतमा भ्रष्ट्राचार गरेको, न्याय खरिद बिक्री गरेको, न्यायालयको गरिमा कायम राख्‍न नसकेको भन्दै बारले चरणबद्ध आन्दोलन गर्दै आइरहेको छ ।

प्रधानन्यायाधीश जबराले मार्गप्रशस्त गर्नुपर्ने भन्दै सर्वोच्चका न्यायाधीशहरुले कात्तिक दोस्रो सातादेखि इजलास बहिष्कार गर्दै आइरहेका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ३ : ३९ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई