१३ असार २०८३, शनिबार | June 27, 2026

जिल्लास्तरीय अन्तर मावि टेबलटेनिस प्रतियोगिता



बुटवल । रुपन्देहीमा दुई दिने जिल्लास्तरीय टेबलटेनिस प्रतियोगिता शुरु भएको छ । लियो क्लब अफ बुटवलको आयोजनामा आईतबारदेखि जिल्लास्तरीय कृष्ण देवि बज्राचार्य स्मृति अन्तर मावि टेबलटेनिस प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगिताको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सहश्राम यादवले उद्घाटन गरेका छन । विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्येश्यका क्लबको आयोजनामा विगत लामोसमयदेखि प्रतियोगिता आयोजना गरिदै आएको लियो क्लब अफ बुटवलका अध्यक्ष रमेश न्यौपानेले बताए ।

कार्यक्रममा अखिल नेपाल खेलकुद महासंघका प्रदेश संयोजक विष्णु ढकाल, रुपन्देही जिल्ला टेबलटेनिस संघका अध्यक्ष सुरेन्द्र कुमार शाक्य, प्रमुख सल्लाहकार अर्जुनमान सैजु, संस्थापक अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, लियो सल्लाहकार सन्जय जैसवाल, रुपन्देही जिल्ला खेलकुद विकास समितिका प्रमुख राजेन्द्र श्रेष्ठ, पुर्वअध्यक्ष समितराज बज्राचार्य, टेबलटेनिस लेभल २ प्रशिक्षक महेश खनालले ब्यवसायिक रुपमा खेलाडी तयार गर्ने आधार बनाउन सरकारबाट सहयोग हुनुपर्ने बताए ।

कक्षा १ देखि ५ सम्म, कक्षा ६ देखि ८, कक्षा ९ देखि १२ सम्म छात्रछात्रा, छात्र डबल्स, छात्रा डबल्स गरि आठ विद्यामा खेल खेलाईएको छ । देविनगरस्थित ओलीपथ कबर्ड हलमा शुरु भएको प्रतियोगितामा जिल्लाका २५ विद्यालयका करिब ३ सय ५० विद्यार्थी खेलाडीहरु सहभागी रहेका कार्यक्रम संयोजक गणेश न्यौपानेले बताए ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ४ : २३ बजे

काठमाडौंमा बर्डफ्लु बढ्दै : एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

ललितपुर । काठमाडौं उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

काठमाडौं । न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम विश्वकप फुटबलको नकआउट चरणमा

धार्मिक दिब्यधाममा कृषि विकास बैंकले गरिदियो खानेपानीको प्रबन्ध

खजुरा । कृषि विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बाँकेको

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-६ डाँगीमोडस्थित राप्ती राजमार्गमा

इराकमाथि ५-० को फराकिलो जित, सेनेगलको नकआउट सम्भावना जीवित

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘आई’ को