११ कार्तिक २०८३, बुधबार | October 28, 2026

अझै किन खोलिएन रेलको घुम्टो



काठमाडौं । चौध महिनाअघि जयनगर-कुर्था (३४.९किलोमिटर) खण्डमा रेल चलाउने भन्दै भारतबाट दुई थान रेल तामझामसहित भित्र्याइयो । सरकारले आवश्यक तयारीबिनै ८४ करोड रुपैयाँ खर्चेर दुई थान रेल जनकपुर ल्याएको थियो ।

रेल ल्याएको १४ महिना बित्यो तर नेपाल रेल्वे कम्पनीले अहिलेसम्म न कर्मचारी व्यवस्थापन गर्न सकेको छ न त रेल सञ्चालनसम्बन्धी कानुन नै तयार भएको छ । रेल चलाउने बजेटसमेत छैन । रेललाई त्रिपालले छोपेर राखिएको छ । त्रिपालको घुम्टो कहिले उघ्रिन्छ,थाहा छैन ।

सरकार र रेल्वे कम्पनीको चरम लापरबाहीले करोडौं मूल्यको रेल सञ्चालनमा नआउँदै बिग्रिने हो कि भन्ने आशंका उब्जिएको छ ।

नेपाल रेल्वे कम्पनीका पूर्वमहाप्रबन्धक गुरु भट्टराई अहिलेको सरकारले जयनगर-कुर्था रेल सञ्चालन नै गर्न नचाहेको दाबी गर्छन् । ‘सत्तारूढ दलकै शीर्ष नेता माधवकुमार नेपालले केपी शर्मा ओलीले मजाक गर्न रेल ल्याएको सार्वजनिक अभिव्यक्ति दिइरहेका छन्,’ उनले भने,‘यसबाट अहिलेको सरकार रेल चलाउनेभन्दा कसरी ढिलासुस्ती गर्न सकिन्छ भन्नेतर्फ उद्यत छ भन्ने देखिन्छ ।’

जनकपुरमा रहेका दुई सेट रेलको आठ महिनादेखि प्राविधिक जाँचसमेत हुन सकेको छैन । ‘रेलको नियमित प्राविधिक जाँच गर्नुपर्छ । तर आठ महिनादेखि त्यो भएको छैन,’पूर्वमहाप्रबन्धक भट्टराईले भने,‘सम्पूर्ण प्राविधिक जाँच नगरेसम्म रेल चलाउन सकिँदैन ।’ भारतीय अनुदानमा निर्माण भएको जयनगर-कुर्था ३४.९ किलोमिटर अन्तरदेशीय रेलमार्ग गत कात्तिक ५ गते नेपाल सरकारलाई हस्तान्तरण भइसकेको छ । आजको नागरिक दैनिकमा हिमाल लम्सालले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ७ : ३२ बजे

सुनको मूल्य तोलामा ९ सय र चाँदीको १० रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य वृद्धि भएको छ।

अबदेखि नागरिकताको प्रतिलिपि जुनसुकै जिल्लाबाट पनि बनाउन सकिने

काठमाडौं । अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने भएको छ

आन्ध्र प्रदेशको तटीय क्षेत्रमा १५० किमि प्रतिघण्टासम्मको हावाहुरी

काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावले भारतको

भूमिगत राजनीतिदेखि कृषि उद्यमसम्म : म्याग्दीका पूर्व संविधानसभा सदस्य श्रीसको नयाँ यात्रा

म्याग्दी । कुनै समय भूमिगत राजनीतिमा सक्रिय रहेका म्याग्दीको मङ्गला

भारतीय फूलको आयात रोक्न झापाका किसानको माग

झापा । व्यावसायिक फूलखेती गर्दै आएका झापाका किसानले भारतीय सयपत्री