२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

मदिराजन्य विज्ञापन एक देशले मात्र रोक्न खोज्नु कत्तिको जायज ?



काठमाडौं । नेपाल विज्ञापन संघ, मिडिया अलाइन्स नेपाल र मिडिया सोसाइटी नेपाललगायत संस्थाले जनस्वास्थ्य ऐनको हवाला दिँदै मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थलगायतका जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण प्रचारप्रसार नपाउने गरी विज्ञापन बोर्डले जारी गरेको विज्ञप्तिप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघ र नेपाल फुटबल संघसहितले विज्ञापन प्रकाशन प्रसारणमा लगाएको यो रोक तत्कालै हटाएर सहज र व्यावसायिक वातावरण निर्माणका लागि सरकारसँग अनुरोध गदै विज्ञापन बोर्डको सो सूचना फिर्ता नलिए कडा कदम चाल्न बाध्य हुने चेतावनीसमेत दिएको छ ।

आधा दर्जन संस्थाले संयुक्त प्रेस विज्ञप्तिमार्फत मदिराजन्य वस्तुको विज्ञापन निश्चित परिधिभित्र रही विश्वका अधिकांश देशमा खुला रहेको र मदिरालाई खाद्यवस्तुकै रूपमा लिने गरिएको भन्दै यसको विज्ञापन प्रसारण र विज्ञापनजस्ता कुरालाई कुनै एक देशले मात्र रोक्न खोज्नु असम्भव भएको बताएको छ ।

नेपालमा विश्वभरबाट मदिरा आपूर्ति हुने गरेको भन्दै विज्ञप्तिमा मदिरा उत्पादकले नेपालमा विज्ञापन गर्न नपाए पनि विदेशी मिडिया वा सामाजिक सञ्जालमार्फत विज्ञापन गरी नेपाली उपभोक्तामाझ प्रवद्र्धन गर्ने विकल्प कायमै रहेको भनिएको छ । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

 

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ७ : ५१ बजे

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा

भाडा समायोजनका लागि यातायात व्यवसायीको माग, समायोजन नभए स्वघोषणा गर्ने चेतावनी

काठमाडौँ । हरेक पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि हुँदा भाडा समायोजनको