२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

ओलीले किन मागे घनश्याम भुसाल र भीम आचार्यलाई सदस्यमा मत ?



चितवन । आफूले बन्दसत्रमा सार्वजजिक गरेको सूचीमा पदाधिकारीमा नअटाएका नेताद्वय घनश्याम भुसाल र भीम आचार्यलाई केन्द्रीय सदस्यमा भने केपी ओलीले मत मागेका छन् ।

पदाधिकारीमा प्रतिस्पर्धा गरिरहेका सबै उम्मेदवारको नाम केन्द्रीय सदस्यमा पनि छ । ओलीले आफूसहित आफूले सार्वजनिक गरेका पदाधिकारी सूचीमा भएकालाई केन्द्रीय सदस्यमा मत नदिन भनेका छन् ।

मतदानस्थलमा बाँडिएको पर्चामा नेता भीम रावललाई अध्यक्ष र सदस्य दुवैमा मत नहाल्न उल्लेख छ । तर, आफ्नो सूचीभन्दा बाहिरबाट उपाध्यक्ष र सदस्य पदमा उम्मेदवार कायम भएका भुसाललाई भने सदस्यमा चैँ मतदान गर्न भनिएको छ ।

त्यसैगरी सचिव र सदस्य पदमा उम्मेदवारी कायम भएका टंकप्रसाद कार्कीलाई पनि दुवै पदमा मत नदिन ओलीका तर्फबाट सार्वजनिक गरिएको पर्चामा उल्लेख छ । तर, उपाध्यक्षका उम्मेदवार भुसाल र सचिवका उम्मेदवार भीम आचार्यलाई भने सदस्यमा मत दिन आह्वान गरिएको छ ।

ओलीले सार्वजनिक गरेअनुसार पदाधिकारीमा उम्मेदवारी दिएका सबैलाई खुला सदस्यमा भने मत नदिन भनिएको छ ।

मतदान स्थलमा ओलीका तर्फबाट बाँडिएको पर्चामा केन्द्रीय सदस्यको सूचीको क्रम संख्या ३० नम्बरमा रहेका भुसाल र ६१ नम्बरमा रहेका आचार्यलाई मत दिन भनिएको छ भने ३७ नम्बरमा रहेका कार्की र ६३ नम्बरमा रहेका रावललाई भने मत नदिने उल्लेख गरिएको छ ।

यसले कार्की र रावललाई केन्द्रीय कमिटीमा नअटाउन चाहेको र भुसाल र आचार्यलाई भने केन्द्रीय कमिटीमा ओलीले देख्न चाहेको अर्थमा एमालेका नेताहरूले बुझेका छन् ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ११ : ३० बजे

लोकप्रियतावादको भ्रमबाट सचेत रहन एमालेको आह्वान

काठमाडौं । नेकपा (एमाले)ले लोकप्रियतावादको प्रभावबाट सचेत रहन आग्रह गरेको

मापदण्डअनुसार विद्युत् आयोजनाले पानी नछाड्दा सुक्यो मोदीखोला

पर्वत । जलविद्युत् आयोजनाहरूले मापदण्डअनुसार पानी नछाड्दा पर्वतको मोदीखोला सङ्कटमा

भैरहवाबाट लागु औषध बेचबिखन गरिरहेका बिशाल प्रताप राणासहित ३ जना पक्राउ

बुटवल । भैरहवाको आवारोडबाट लागुऔषध गाँजा र चरेस सहित ३

पर्वतको छत्तिसेघाटमा मोटरेबल पुल निर्माण

पर्वत । जिल्लाका सडकलाई वर्षभरी नै सञ्चालन गर्नका लागि खोलामा

निर्वाचन गणतन्त्रको संस्थागत सुदृढीकरणको परीक्षा हो – सूर्यप्रसाद श्रेष्ठ, पूर्व प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ । नेपाल सरकारको प्रशसन सेवामा विभिन्न मन्त्रालयमा सचिव पदसम्म