२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

दक्षिण कोरियामा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपाली कामदार त्रसित



काठमाडौं । दक्षिण कोरियामा पनि कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो ।

कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाएका ती दम्पती नोभेम्बर १४ देखि २३ तारिखसम्म नाइजेरिया भ्रमणमा थिए । उनीहरू कोरिया प्रवेशपश्चात गरिएको परीक्षणमा ओमिक्रोन देखिएको हो ।

खोपको दुवै मात्रा पूरा गरेकाहरूका लागि समेत उत्तिकै खतरा हुने सङ्केत डब्लुएचओले दिएसँगै नयाँ भेरियन्ट ओमिक्रोनका बारेमा दक्षिण कोरिया सरकारले चिन्ता र चासोको विषय भएको जनाएको छ ।

कोरियाले शनिबारदेखि लागू हुने गरी दक्षिण अफ्रिकासहित बोत्स्वाना, जिम्बाबे, नामिबिया, लसोथो, मोजाम्विक, मालावीलगायतबाट हवाई उडानसहित आवागमनमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ ।

यसका साथै नयाँ भेरियन्ट देशमा फैलिनबाट रोक्नका लागि विभिन्न नियमको घोषणा गरिएको छ । केडिसीएले ओमिक्रोन भेरियन्ट देशका अन्य भागमा फैलिएकोबारे पत्ता लगाउन परीक्षण तिव्र पारेको छ ।

ओमिक्रोन कोरियामा देखिएपछि त्यहाँ रहेका नेपालीमा पनि त्रास फैलिएको छ । ओमिक्रोनका कारण नेपाली कामदार कोरिया ल्याउने पठाउने क्रम फेरि रोकिन सक्ने खतरा बढेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ७ : ४४ बजे

भाडा समायोजनका लागि यातायात व्यवसायीको माग, समायोजन नभए स्वघोषणा गर्ने चेतावनी

काठमाडौँ । हरेक पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि हुँदा भाडा समायोजनको

सभामुख अर्यालको शपथ आइतबार

काठमाडौं। नवनियुक्त सभामुख डोलप्रसाद अर्यालको पद तथा गोपनीयताको शपथग्रहण आइतबार

सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ : अर्थमन्त्री वाग्ले

वीरगञ्ज । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान सरकारले सुधारको काम

औषधि पसल र थोक बिक्रेतालाई ‘कुशल फार्मेसी अभ्यास’ मापदण्ड पालना गर्न विभागको निर्देशन

काठमाडौँ । औषधि व्यवस्था विभागले औषधि बिक्रीवितरण तथा भण्डारणलाई व्यवस्थित,

भक्तपुरमा लिच्छविकालीन बिस्केट जात्राको तयारी

भक्तपुर । प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म