२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

सप्तरीको गजेन्द्रनारायण अस्पतालमा तीन महिनादेखि अक्सिजन प्लान्ट अलपत्र



सप्तरी । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा तीन महिनादेखि अक्सिजन प्लान्ट अलपत्र परेको छ । कोरोना महामारीको दोस्रो लहरमा बिरामीलाई अक्सिजन अभाव भएपछि स्वास्थ्य मन्त्रालयले अस्पताललाई तीन महिनाअघि प्लान्ट दिएको थियो । तर, अस्पतालले प्लान्ट स्थापनामा चासो नदिँदा अलपत्र परेको हो ।

यो प्लान्टले दैनिक दुई सय वटासम्म सिलिण्डर भर्ने क्षमता राख्छ । स्थानीय युवा नेता तुला माझीका अनुसार प्लान्ट ल्याएर जहाँ राखेको थियो त्यहीँ थन्किएको छ। कोरोनाको दोस्रो लहरमा अक्सिजन अभावले बिरामी मर्न थालेपछि अक्सिजन प्लान्ट स्थापना गर्ने योजनासँगै यी सामग्री ल्याइएको हो ।

अक्सिजन प्लान्ट स्थापनाका लागि सामग्री ल्याउने बित्तिकै अस्पतालका मेसु रंजित झाले सेड तयार भइरहेको र ग्राउण्ड ढलान मात्रै बाँकी रहेको बताएका थिए। डा। झाले भनेका थिए,‘अक्सिजन अभावमा कोरोनाको दोस्रो लहरमा संक्रमितले ज्यान गुमाउँनु परेको पीडा अब भोग्नु पर्दैन्।’ तर अहिलेसम्म पनि प्लान्ट जडान हुन नसकेको स्थानीय आयुश श्रेष्ठले बताए । उनले भने, ‘यस्तै ढिला सुस्ती भइरहयो भने ६ महिनामा पनि जडान हुने सम्भावना देखिँदैन् ।’

अस्पताल प्रशासनले भने अबको एक सातामै प्लान्ट जडान हुने जनाएको छ । त्यसका लागि भौतिक निर्माण पूरा भइसकेको प्रशासनको भनाइ छ । अक्सिजन प्लान्ट सञ्चालनमा आएपछि सप्तरीसहित छिमेकी जिल्लाका अस्पतालहरूमा अक्सिजन आपूर्ति सहज हुने विश्वास छ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  १२ : ४८ बजे

लक्ष्यअनुसार राजस्व सङ्कलन नभएपछि प्रदेश र स्थानीय तहमा जाने अनुदान कटौती

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा

सिद्धबाबा मन्दिरमा महाशिवरात्री मेला तयारी पूरा, ६० हजार भक्तजन भित्र्याउने लक्ष्य

बुटवल । महाशिवरात्री पर्वको अवसरमा पाल्पाको तिनाउ गाउँपालिका-३, दोभानस्थित सिद्धबाबा

पाल्पाको तिनाउमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु

बुटवल । बुटवल-पाल्पा सडक खण्डअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ मा शनिबार

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउन प्रधानसेनापतिको निर्देशन

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण

६६ जिल्लाका १४२ निर्वाचन क्षेत्रका एक करोड ८२ लाख ३० हजार मतपत्र छापियो

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि