२२ भदौ २०८३, सोमबार | September 8, 2026

लुम्बिनी प्रादेशिक अस्पतालमा लगातार सेवा बिस्तार, अव यी सेवा अस्पतालबाटै पाईने



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा बिभिन्न प्रकारको सेवा विस्तार गरिएको छ । विरामीको चाप र प्रदेशकै उत्कृष्ठ अस्पताल बनाउने उद्देश्यका साथ आस्पतामा सेवा विस्तार गरिएको हो ।

बुधबार(आज)बाट विस्तार गरिएको ईईजी, सीवीसीटी तथा ईएचएस सेवाको आज एक समारोहका बीच लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री ईन्द्रजित थारुले उदघाटन गरेका छन् । विस्तार गरिएका सेवा अनुसार आम सेवाग्रहीले अस्पतालको तोकिएको समयबाहेक पनि अतिरिक्त रकम तिरेर ईएचएस वार्डबाट सेवा लिन सक्ने छन् भने आजैबाट मुखको सिटीस्क्यान सम्बन्धि सीसीवीसीटी तथा न्युरो मेडिसिन सेवाको महत्वपुर्ण ईईजि सेवापनि सञ्चालनमा आएको छ ।

उदघाटन कार्यक्रममा बोल्दै मन्त्री थारुले अस्पतालमा प्रदेशवासीलाई प्रदेश बहिर उपचार गर्न जान नपर्ने गरि लुम्बिनी प्रादेशिक अस्पतालको विकास गर्ने प्रदेश सरकारको योजना रहेको बताए । उनले सरकारले ल्याएको योजनालाई कार्यान्वयन गर्ने तर्फ अस्पताल प्रशासनलाई निर्देशन दिँदै जनतालाई सर्वसुलभ, गुणस्तरीय सेवालाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

कार्यक्रममा स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव विकास देवकोटाले प्रदेशकै सबैभन्दा ठूलो अस्पताल भएकाले पनि आम सेवाग्राहीबाट ठूलो अपेक्षा गर्ने हुदा पनि विशेष सेवामा ध्यान दिनुपर्ने बताए । अस्पताल विकास समितिको मोडेलमा चल्ने भएपनि त्यसमा सरकारबाट सेवा बिस्तार र सुदृढीकरणका लागि थप सेवा हुँदै आएको उनले बताए । करिब ६ अर्ब बराबरको माष्टर प्लान अनुसार पुर्वाधार विकासमा जोड दिएको उनले बताए । प्रदेश सरकारले कोभिड बाहेक १० प्रतिशत भन्दा बढि बजेट स्वस्थ्य क्षेत्रमा विनियोजन गरेको उनले बताए ।

यसैगरि अस्पताल प्रमुख डा. ईन्द्र ढकालले काठमाडौंको वीर अस्पताल पछि नेपालमै दोस्रो सीवीसीटी सेवा लुम्बिनी प्रादेशिक अस्पतालबाट सुरु गरिएको बताए । उनले अस्पतालको नियमित पेईङ्ग वार्ड र न्युरो मेडिसिन सेवाको महत्वपुर्ण ईईजि सेवा समेत शुरु गरेको उनले बताए । सेवालाई प्रभावकारी, गुणस्तरीय बनाउन सबैको साथ जरुरी रहने उनले बताए ।

डा. ढकालले निकट भविष्यमा नै यस क्षेत्रको माग र आवश्यकता अनुसार आईसियु, विशिष्टिकृत कार्डियो सेवा, क्याथ ल्याब समेतको सेवा बिस्तारको योजना रहेको बताए । लुम्बिनी प्रादेशिक अस्पताल यस क्षेत्रमै एक सय वर्ष पूरा गरिसकेको अस्पताल हो । प्रदेश लुम्बिनी प्रादेशिक अस्ताललाई सरकारले प्रदेशकै गौरवको अस्पतालका रुपमा विकास गर्ने गरि योजना बनाएर अघि बढाएको छ । नेपाल सरकारले एक स्वस्थ्यकर्मी, एक स्वस्थ संस्थाको अवधारणा सहित सरकारले २०७७ सालमा कार्यविधि बनाएर ६ वटा अस्पताल सेवा शुरु गरेको थियो ।

अस्पतालमा दैनिक हजार सेवाग्राहीले सेवा लिने गरेका छन । प्रदेशमै १ सय २० जना वरिष्ठ विशेषज्ञ चिकित्सक, विशेषज्ञ चिकित्सकहरु, २ सय ५० जना नर्सिङ स्टाफहरु र ७ सय कर्मचारीहरुले सेवा दिदै आएका छन ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ४ : ४५ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार